कुनै पनि किसिमको अवरोध गर्नखोजे जोसुकैलाई नि’यन्त्रणमा लिन्छौं : प्रहरी

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तो’डफोड भए जोसुकैलाई प’क्राउ गरिने प्रहरीले जनाएको छ । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई प’क्राउ गरिने जनाएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनलाइनखबरसँग भने, ‘उहाँहरुलाई पहिल्यै जानकारी पनि गराइसकेका छौं, तो’डफोड हुने स्थिति आए नि’यन्त्रणमा लिन्छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिंसात्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।’ त्यसका लागि उपत्यकामा महानगरीय प्रहरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्रहरी इकाइबाट विशेष योजना नै बनाएर सुुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘डर, धम्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्रहरीले रोक्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइनेछ । आन्दोलन हिं’सात्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ । प्रहरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी राखिने केन्द्रीय प्रवक्ता कुँवर बताउँछन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…