प्रधानमन्त्रीको प्रश्न : नेपाल बन्द अरे ? जनताले के बिगारे र नेपाल बन्द गरेको?

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दु:ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दु:ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन्।

नेपाल बन्द अरे। जनताले के बिगारे र, नेपाल बन्द गरेको? जनतालाई किन दुःख दिनुपर्‍यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको के? त्यो किन गर्नुपर्‍यो, के का लागि गर्नुपर्‍यो?, उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन के का लागि भन्दै प्रश्न गरे।

‘बन्द के का लागि गर्नु, किन बन्द गर्नु? बन्द भनेको हिँड्डुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दु:ख दिने काम गर्नु भएन’, उनले भने, ‘के का लागि गर्नुपर्यो बन्द? जनताले बन्द गरेको होइन र जनताले चाहेको पनि होइन।’

 

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…