नेकपा दाङको अपिल : बिहिबारको आम हड्ताल सफल पारौं, अत्यावश्यक सवारीसाधन रोकिन्न

घोराही, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले भोली बिहिबार आवह्वान गरिएको आम हड्ताल सफल बनाउन अपिल गरेको छ ।

नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनले विज्ञप्ती निकालेर आम हड्ताललाई सफल बनाउन आम जनसमुदायमा अपिहल गर्नुभएको हो ।

आम हड्तालमा एम्बुलेन्स, दुग्धजन्य गाडी, दमकल, प्रेस, स्वास्थ्य संस्था, तरकारी, फलफूल बोकेका गाडी, मानव अधिकार लगायत अत्यावश्यक सवारी साधन र सेवा भने सञ्चालन हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेकपाले सरकारले अवैध ढंगले संवैधानिक आयोगहरुमा नियुक्ती गरेपछि आम हड्ताल सहित आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ प्रेस विज्ञप्ति 

असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यमा आज केपी ओली सरकारले नियुक्ति।  निरङ्कुशतन्त्रको श्रीङ्खलाबद्ध हर्कतले लोकतान्त्रिक मूल्यमान्यता माथि निरन्तर प्रहार भैरहेको छ। यो प्रतिगामी कदमकोविरुद्ध केन्द्रिय संघ्रस समितिले भोलि २०७७ माघ २२ गते आम हड्तालको घोषणा गरेको छ। अस्पताल, एमबुलेन्स, पानि, दुध, औषधि, फलफुल -तरकारी र जन्ती बोकेको गाडी जस्ता अत्यावस्यक र विद्यार्थीको नियमित परिक्षा बाहेक सबै क्षेत्र बन्द गरी प्रतिगमनविरुद्धको आन्दोलनलाई सहयोग गरिदिन आम जनसमुदायमा अनुरोध गर्दछौं।  धन्यवाद

अध्यक्ष : टिकाराम खड्का, सचिव : सुवास पुन

 

 

भर्खरै प्रकाशित

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…