यसरी भयो सुष्मा र श्वेताकी बहिनीबीच मिलापत्र, तीनैजनालाई प्रहरीकै अगाडी अँगालो हाल्न लगाइयो

नायिका सुष्मा कार्की र स्वेता खड्काकी बहिनी आरती खड्काबीच मिलापत्र भएको छ।

सोमबार राति आफूलाई आरती खड्काले दरबारमार्गस्थित लन्डन पब क्याफेमा कु’टिएको भन्दै सुष्मा कार्की महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन पुगेकी थिइन्। उनले प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई बुधबार प्रहरी कार्यालयमा छलफल गर्न बोलाएको थियो।

बुधबार दिउँसो साढे दुई बजेको समयमा दुवै पक्ष कार्यालयमा पुगेका र त्यसपछि उनीहरूको मिलापत्र भएको वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए।

‘उहाँहरू दुवै पक्ष आएर आज छलफल गर्नुभयो। मिसअन्डरस्ट्यान्डिङ भयो भनेर मिलेर अंगालो हालेर फर्किनु भयो,’ डिएसपी पौडेलले भने, ‘झै’झगडा गर्दैनौं भन्दै जानुभयो।’

नायिका कार्कीले आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध उ’जुरी दिएकी थिइन्। करिब एक-डेढ घण्टाको छलफलपछि दुवै पक्ष फर्किएको उनले बताए।

रसाइलीका अनुसार नायिका कार्कीले उनीमाथि जा’तीय शब्द प्रयोग गरी दु’र्व्यवहार गरेकी थिइन्। रसाइलीमाथि दु’र्व्यवहार गरेपछि खड्काले कार्कीलाई झा’पड हा’नेको रसाइलीले बताएका थिए।

दुबै पक्षले आइन्दा यस्तो काम नगर्ने कागजी व्यहोरामा हस्ताक्षर गरेका छन् । सुष्मालाई थप्प’ड हा’नेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरतीले मा’फी मागिन् ।

तीनैजनाले मिडियाबाजी नगर्ने, आफूले ‘लेखाउन लगाएका’ समाचारलाई डिलिट गर्ने र सामाजिक संजालमा माफी सहितको स्टाटस लेख्ने सहमति भएको छ । आफूलाई जातीय गा’ली गरेको बताएका रसाइलीले त्यसको प्रमाण देखाउन नसकेको प्रहरी स्रोतले बतायो ।

कागजमा हस्ताक्षरपछि प्रहरीकै अगाडि तीनैजनालाई अँगालो हाल्न लगाइएको थियो । तीनैजनाले आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेको पनि प्रहरीले जनाएको छ । गत सोमबार राती लन्डन पब क्लबमा आफूमाथि कु’टपिट गरेको भन्दै सुष्माले आरती खड्का र उत्सव रसाइलीविरुद्ध प्रहरीमा उ’जुरी दिएकी थिइन् ।

 

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…