भोलि यातायात र पसल खुला हुन्छ, अवरोध गर्नखोजे कार’वाही हुन्छ : प्रहरी

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको बिहीबारको नेपाल बन्दमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले नेपाल बन्दको घोषणा गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको हो । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले आन्दोलनकारीहरु तो’डफो’डमा उत्रिए कारबाही गर्ने चेतावनी दिए ।

उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै अवरोध नगर्ने जानकारी दिए । प्रवक्ता कुँवरले जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

‘यसअघि पनि आन्दोलन भइरहेका छन् । त्यसमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ । भोलि पनि सुरक्षा व्यवस्था कडा हुन्छ । तोडफोडमा उत्रिए कारबाही गर्छौं, यातायात र पसल खुला हुनेछन्’, प्रवक्त कुँवरले भने ।

यता प्रचण्ड–नेपाल समूहले भोली विद्यालय बन्द, यातायात, कलकारखाना, कार्यालय बन्द हुने दाबी गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलीको बन्दले परीक्षार्थीहरुलाई असर नगर्ने बताएका छन् । उनकाअनुसार परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र देखाएर आफ्ना साधनमा जान सक्नेछन् ।

ओलीको प्रश्न : कस्का र केका लागि गर्नुपर्यो नेपाल बन्द ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द के का लागि भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्दको विषयमा उनले प्रश्न गरेका हुन् ।

सभागृहमा नेपाल भूमिहीन सुकुम्वासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अ‍ोलीले प्रचण्ड-माधव समूहले बन्द कसका लागि गर्न लागेको भन्दै प्रश्न गरे ।
देश र जनताका नाममा भन्दै नेपाल बन्दको आयोजना गर्नु जनताकै अपमान भएको भन्दै ओलीले नेपाल अब बन्द नहुने पनि बताए ।

आफ्ना पदका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार हुनेहरुले जनताका लागि भन्दै बन्द गर्न आवश्यक नभएको उनको टिप्पणी थियो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…