चिनियाँ सरकारी मिडियाले पनि यसरी हेप्यो ज्याक मालाई

चिनियाँ अर्बपति तथा अलिबाबा ग्रुपका संस्थापक ज्याक मालाई एउटा सरकारी मिडियाले उद्यमी मान्न इन्कार गरेको छ।

सांघाई सेक्युरिटिज न्युजको पहिलो पृष्ठमा मंगलबार छापिएको लेखमा चीनका चर्चित उद्यमी माको नाम उल्लेख गरिएको छैन। तर हुवावे टेक्नोलोजीका रेन जेङ्गफेइ, साओमी कोर्पोरेसनका लेइ जुन र बिवाइडीका वाङ चुवानफुको नाम भने उल्लेख गरिएको छ।

यसले मालाई बेइजिङले कसरी बेवास्ता गरिरहेको छ भन्ने बुझाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

मंगलबार अलिबाबाले आफ्नो त्रैमासिक आम्दानी सार्वजनिक गर्ने दिन सो लेख प्रकाशित भएको हो। यसबारे अलिबाबाले कुनै प्रतिक्रिया दिएको छैन।

सांघाइ सेक्युरिटिजले भने एकपल्ट आफूले तारिफ गरेका उद्यमीले ‘लापर्वाही गर्ने हिरो’को रूपमा व्यवहार गरेको बताएको छ। त्यसैले अहिले विकास नियमहरूलाई सम्मान गर्ने र बजारका नियम समर्थित कम्पनीहरूलाई सूचीमा राखेको उसको तर्क छ।

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।

माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको थियो।

पछिल्लो समय ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्। उनी गत अक्टोबरदेखि सार्वजनिक रूपमा देखिएका थिएनन्। उनी माघ ७ गते एउटा भिडिओ कन्फरेन्समा देखिएका थिए। उनी ५० सेकेन्डको भिडिओमा देखिएका थिए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…