प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् ।

अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु ग्लत हुन् । बिहेको कुरा भैरहेको छ ।

चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको थिरले जानकारी दिए ।

उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।

यसपछि, भने उनीहरु न्जिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

भर्खरै प्रकाशित

साउनदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था : अब ट्रायलमा आफ्नै सवारी,…

सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी…

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…