यस्तो पो चलचित्र : दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युटुब ट्रेन्डिङको पहिलो नम्बरमा ‘आमा’

गतबर्षको फागुण ९ गते रिलिज भएको चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भयो । सार्वजनिक भएको ३ दिनमा यो चलचित्रलाई १६ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ । चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय छ ।

५३ हजार भन्दा बढी दर्शकले चलचित्रलाई लाइक गरेका छन् । ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा गरेका छन् । नेपालमा रिलिज भएपनि कोरोना कारण विदेशमा यो चलचित्र रिलिज हुन सकेको थिएन । यसैले, विदेशबाट चलचित्र हेर्ने अधिकांश दर्शकले यो चलचित्रलाई आफ्नै कथा भनेका छन् ।

‘बजारले दुई करोडमाथिका चलचित्र डुब्छ भन्छ’

कलाकार दीपकराज गिरीले नेपाली बजारमा दुई करोडमाथिका चलचित्रलाई लगानी उठाउन समस्या हुने गरेको बताएका छन् । “बजेटले चलचित्रलाई प्रभाव पार्छ । मार्केटले भन्छ, दुई करोडभन्दा माथि लग्यो भने डुब्यौ । तर एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ,” कलाकार गिरीले पोखरामा आयोजित एक कार्यक्रममा भने ।

उनले नेपाली चलचित्रको इतिहास ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुनःस्थापना पछि नै नेपाली चलचित्रको उत्थान भएको उनको भनाइ छ । ३० वर्षको मात्र नेपाली चलचित्रले यात्रा पार गरेको उनको भनाइ छ । ०४६ साल अगाडि बनेका एकाध सिनेमालाई गनेर नेपाली चलचित्रको इतिहास भन्न नमिल्ने उनको जिकिर छ ।

व्यावहारिक जीवनसँग जोडिने संवादले मात्रै दर्शकलाई जोड्ने भन्दै उनले साहित्यबाट सिनेमा रुपान्तरित हुन त्यसको सन्दर्भ र संवादले अर्थ राख्ने बताए ।

लेखिने र बोलिनेमा फरक हुन्छ भन्दै गिरीले साहित्यमा चलचित्र बनाउन जटिल रहेको स्पष्ट पारे ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…