जापानमा क्यान्सर पिडित विद्यार्थीको उपचारका लागि साढे २२ लाख रुपैयाँ संकलन

सन्तोष डाँगी 

जापानमा अध्यनरत क्यान्सर पिडित विद्यार्थीको उपचारका लागिआर्थिक सहयोग संकलन गरिएको छ।  नवलपरासी घर भइ हाल जापानको फुकोका शहरमा अध्यनरत २२ वर्षीय योगबहादुर थापाको सानो ‘मस्तिष्क क्यान्सर’ रोगबाट ग्रसित भएपछि उनको उपचारका लागि रकम संकलन अभियान चलाइएको थियो।

एनआरएनए क्षेत्रिय कमिटि क्युसुको पहलमा चलाइएको अभियानले जम्मा ९ लाख  ३३ हजार ४ सय ६२ र अन्य विभिन्न सामाजिक अभियान्ताहरुको पहलबाट जम्मा १३ लाख २४ हजार ४ सय १४ गरि कुल  २२ लाख ५७ हजार ८ सय ७६ रुपैयाँ संकलन भएको जापानबाट सामाजिक अभियानता केवलप्रसाद ओलीले जानकारी दिनुभयो।

पिडित थापा सन् २०१९ मा अध्यन गर्न  विद्यार्थी भिसामा जापान गएका थिए। अध्यनकै क्रममा उनको सानो मस्तिष्कमा  ब्रेन ट्यूमर ‘क्यान्सर’ भएपछि हाल जापानकै अस्पतालमा थला परेका छन्।

चिकित्सकले उनको सामान्य उपचार गर्न पनि वार्षिक १० लाख रुपैयाँ  भन्दा बढी खर्च लाग्ने बताएका छन्। थापाको घरबाट पैसा मगाएर उपचार गर्ने आर्थिक अवस्था नरहेपछि उनले जापानमा रहेका विभिन्न संघसंस्थाहरुलाइ सहयोगका लागि अपिल गरेका थिए।

तत्कालका लागि आवस्यक रकम संकलन भइसकेकाले हाललाई रकम संकलन अभियान स्थगित गरिएको अभियानता ओलीले फेसबुक मार्फत सबैलाई जानकारी गराउनुभएको छ।

जापानमा लगाएत परदेशमा रहेका नेपालीहरुलाई परिआउने विभिन्न समस्यामा जापानमा अध्यनरत विद्यार्थी तथा सामाजिक अभियान्ता केवलप्रसाद ओली लगाएत जापान स्थित एनआरएनए क्षेत्रिय कमिटि क्युसुले मलहम पट्टि लगाउँदै आएको छ।

‘जापानमा पढाइसंगै नेपालबाट आउने विद्यार्थीहरुलाई काउन्सिलिङ्ग गर्ने  मेरो सोच थियो तर, हिजोआज बाटो परिवर्तन भएको छ।’ अभियान्ता ओली भन्नुहुन्छ, ‘आफ्नै नेपालीहरुलाई समस्या परिरहँदा टुलुटुलु हेरेर बस्न नसकिदो रहेछ।’

यसअघि अभियान्ता केवलप्रसाद ओलीको सक्रियतामा विद्यार्थी भिसामा जापान गएका कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि ५१ लाख ५० हजार ४ सय ९० रुपैयाँ संकलन गरि पिडितलाई बुजाइएको थियो।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…