केपी ओली कती अमानवीय ? प्रकाशको मृ’त्यु हुँदा अमानवीय र रुखो शैली देखाए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू शोकमा हुँदा रुखो व्यवहार देखाएको स्मरण गरे । धनगढी पुगेर हिजो उनले ओलीलाई अमानवीय र निर्मोही भने ।

छोरा प्रकाशको मृ’त्यु हुँदा आफू झापामा ओलीको पक्षमा भोट माग्न पुगेको सुनाए । तर, ओलीले छोराप्रति अलिकति पनि सम्झना नगरेको र योगदानबारे पनि केही नबोलेको बताए ।

जुन दिन ओलीको चुनावी क्षेत्रमा भोट माग्दै थिएँ प्रकाशको हृ’दयघातबाट मृ’त्यु भयो, प्रचण्डले भने,‘ओली जत्तिको अमानवीय र रुखो मान्छे देखेको छैन । उनको चुनावमा म गएको बेलामा छोराको मृ’त्यु भयो । उसको योगदान त छ नि, थोरै सम्झने पनि गरेनन् ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो परिवारप्रति व्यङ्ग्य गरेकोमा प्रचण्डले कडा जवाफ दिए । उनले छोराछोरीलाई सँगै आन्दोलनमा लगेको र योगदान दिएको सुनाए । ‘म निसन्तान भइनँ, सन्तान भए मेरो गल्ती हो ।

दोष दिन मिल्छ ?’ उनले भने,‘छोराछोरी भएपछि आन्दोलनमा लागे । जेल बसे । तीन वर्ष भैरवनाथ गणमा बसेको चानचुने कुरा हो । बन्दुक बोकेर जङ्गल हिंडेको ख्याल ख्याल हो । छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’

प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि बोल्यो ओली पक्ष

नेकपा केपी ओली पक्षले केन्द्रीय कमिटी बैठक नबोलाइएको जानकारी दिएको छ । प्रचण्ड-मााधव पक्षले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएलगत्तै ओली पक्षको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले प्रेस नोट जारी गरी उक्त कुराको जानकारी दिएका हुन् ।

रिजालले हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट पारेका छन् । प्रेस नोटमा पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट पार्दै बैठक नबोलाइएको जानकारी दिइएको छ ।

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…