प्रकृति श्रेष्ठ र दयाहाङराई ‘बिहेपास’ गर्दै

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले लामो समयपछि अभिनयमा कमब्याक गर्ने भएकी छन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया बस्न थालेकी उनी फिल्म ‘बिहे पास’ बाट पर्दामा फर्किन लागेकी हुन् ।

यसमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिने भएको छ । फिल्ममा दुवै अनुबन्ध भइसकेका छन् । प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् ।

सामाजिक विषयवस्तुमाथि निर्माण हुन लागेको फिल्मको आउँदो चैत पहिलो साताबाट छायांकन गर्ने तयारीमा निर्माण टिम छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मका अन्य कलाकार तथा प्राविधिकको चयन भने बाँकी रहेको बताइएको छ ।

फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको हो । एक समय म्यूजिक भिडियोमा भ्याइनभ्याइ हुने गरेकी प्रकृति विवाहपछि भने रंगिन दुनियाँबाट पूर्ण रुपमा टाढा थिइन् ।

अफर आएका फिल्म समेत उनले अस्वीकार गरेकी थिइन् । अब भने उनी दयाहाङसँग जोडी बाँध्दै अभिनयमा फर्किने भएकी छन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…