अबदेखि घरजग्गा किनबेच र रोक्का फुकुवाको लागि मालपोत धाउनुपर्ने बाध्यताको अन्त्य

काठमाडौं। सरकारले घरजग्गाको किनबेच र रोक्का फुकुवाको लागि मालपोत कार्यालयमा पुग्नै पर्ने बाध्यताको अन्त्य गर्ने भएको छ।

यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइन प्रणाली लागू भएका सबै १०८ वटै मालपोत कार्यालयमा भू-सेवा केन्द्र सञ्चालनका लागि निवेदन आह्वान गर्ने तयारी गरेको छ।
अहिले देशभर १३१ मालपोत कार्यालय सञ्चालन गर्न सरकारले स्वीकृति दिए पनि १२७ वटा मालपोत कार्यालय मात्रै सञ्चालनमा छन्। तीमध्ये १०८ वटा कार्यालयमा अनलाइन प्रणाली लागू भइसकेको छ।

तर भू-सेवा केन्द्र भने अहिलेसम्म १८ वटा कार्यालयमा मात्रै सीमित छ। ती कार्यालयहरुमा डिल्लीबजार, लगनखेल, भक्तपुर, कलंकी, मनमैजु, टोखा, चाबहिल, साँखु, पोखरा, लेखनाथ (कास्की), पुतलीबजार (स्याङ्जा), बुटवल, पाँचथर, पर्वत, धादिङ, चितवन, काभ्रेपलान्चोक र इलाम मालपोत कार्यालयमा मात्रै भू-सेवा केन्द्र सञ्चालनमा छन्।

विभागले अनलाइन प्रणाली लागू भएपनि भू-सेवा केन्द्र सञ्चालनमा नल्याएका ९० वटा कार्यालयलाई एक महिना भित्र भू-सेवा केन्द्रको अनुमति दिने गरि तयारी गर्न निर्देशन दिएको छ। विभागको वार्षिक कार्यक्रममा थप २५ वटा कार्यालयमा भू-सेवा केन्द्र विस्तार गर्ने योजना रहेको थियो।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…