अब युएईले विदेशी नागरिकलाई नागरिकता दिने, यस्तो छ मापदण्ड

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन् ।

‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ ।’ उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् ।

अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…