लेखराज भट्टलाई प्रचण्डले द’लाल भनेपछि प्रचण्डलाई बोकेको फोटो भाइरल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जालमा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै टीकाटिप्पणी गरेका छन् ।

भट्टले प्रचण्डलाई बोकेको र ब’न्दूक बोकेको फोटो सार्वजनिक गर्दै ‘ज’नयु’द्धकालमा आफूलाई पाल्ने’ सहयो’द्धाको अपमान गरेको भन्दै फोटो भाइरल बनाइएको छ । ज’नयु’द्धकालमा प्रचण्डका परिवारको विलासी जीवनका लागि लेखराजले व्यक्तिगत रूपमा ठूलो लगानी गरेको टिप्पणी उनीहरुले गरेका छन् ।

कैलालीका जमिनदार लेखराज भट्टले ज’न’यु’द्धमा प्रचण्ड परिवारलाई पाल्न आफ्नो धेरै सम्पत्ति सिध्याएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ । प्रचण्डले लेखराजको गृहजिल्लामा पुगेर आफूले हुर्काएको नेता र पटक पटक मन्त्री बनाएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरेका थिए ।

के भनेका थिए प्रचण्डले लेखराजलाई

मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं द’लाल हुन्, द’लालको पनि दलाल ।

पत्याइनसक्नु भयो । दुईचार रात त टेन्सनै भएको थियो । तर ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भ’ण्डाफोर गरेका छन् । गर्वले मेरो छाती फुलेको छ । तपाईंहरुलाई धन्यवाद । मरो छाती चौडा बनाइदिनुभयो ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…