अस्ट्रेलियामा एम्पायर टि–२० क्रिकेटः फाइनलमा भिड्दै नेप्लिज क्रिकेट र एक्पर्ट नेप्लिज

सिड्नी । ६ महिनादेखि अस्ट्रेलियामा हुँदै आइरहेको एम्पायर टी–२० कपको फाइनल आगामी ७ फेब्रुअरीमा हुने भएको छ।

क्विन्सल्यान्डमा २७ सेप्टेम्बर २०२० देखि जारी खेलको फाइनल रोचक हुने बताइएको छ।

शिक्षा क्षेत्रमा सक्रिय रहेको एम्पायर इन्टरनेशनल एजुकेशन एन्ड भिसा सर्भिसेसले अव खेलकुद क्षेत्रमा पनि उपस्थितिलाई बलियो बनाउने उद्देश्य लिएको छ। खेलकुदमार्फत प्रवासमा नेपाली समुदायबीच एकआपसमा भाइचारा बढाउनका लागि खेलकुदको विधा रोजेको एम्पायर एजुकेशनका स्वतन्त्रप्रताप शाहले जानकारी दिए।

उनले भने,‘यो प्रतियोगित मात्र होइन, प्रवासमा रहेका नेपाली खेलाडीहरूको क्षमता बढाउने सोच र अभियान पनि हो।’

यो प्रतियोगितामा क्विन्सल्यान्डमा रहेका ८ वटा नेपाली क्रिकेट टिमले भाग लिएका थिए।

यसका बिजेताले एक हजार अस्ट्रेलियन डलर, मेडल र अन्य पुरस्कार पाउनेछन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…