ओलीले गरेको शिलान्यास बहिष्कार गरेर रेणु दाहाल अर्को शिलान्यासमा

काठमाडौं, १७ माघ । चितवनमा आज ठुला र साना दुवैथरी विकास निर्माणको शिलान्यास भएको छ । दुवै शिलान्यास विवादमुक्त भएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गरे ।

कडा सुरक्षाबीच भएको शिलान्यासमा भरतपुर महानगरपालिकाले बहिष्कार गरेको छ । मेयर रेणु दाहाल शिलान्यासमा अनुपस्थित भइन् । उनी विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वागतमा पनि पुगिनन् ।

ओलीले सिटी हल र सडक शिलान्यास गरिरहँदा रेणु दाहाल भरतपुर महानगरपालिकाकै अमर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्वसमा सहभागी हुन पुगिन् । उनले त्यहाँ ४ कोठे भवन निर्माणको शिलान्यास गरिन् ।

दाहालले विभिन्न आधारभूत विद्यालयहरुका ५ सय ६० विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिन् । रेणु दाहालले ओलीले गरेको शिलान्यासमा आपत्ती जनाइसकेकी छिन् ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…