वनमन्त्री नै वन तस्करको नाइके : भीम रावल

धनगढी । नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वन तस्करकै नाइकेलाई वनमन्त्री बनाएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्ध धनगढीमा शनिबार आयोजित प्रदेशस्तरीय विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आलेको नाम नलिइकनै भने, ‘लालझाडीदेखि तराईका रुख र चराचरहरुसमेत वन मन्त्रीबाट डराएका छन् ।’ पछिल्ला दिनहरुमा वनमन्त्री आलेले नेता रावललाई गालीगलौज गर्दै आएका छन् ।

यस्तै, ओली सरकारले अदालतबाट फरार अभियुक्त व्यक्तिलाई पार्टीमा भित्र्याउने, पशुपतिमा बत्ती बालेर अपराध पखाल्न खोजेको बताए । रावलले भने, ‘पशुपतिमा माफ माग्नु भन्दा जनतासमक्ष माफ मागेको भएर हुने ।’

ओलीले खल्तीबाट थपेका केन्द्रिय सदस्यहरु निर्वाचन आयोगको निर्णपछि सडक छाप भएको नेता रावलले टिप्पणी गरे ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…