कलेज भर्ना हुन ब्वायफ्रेण्ड अनिवार्य बनाउनैपर्ने !

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् ।

भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।

यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अनौठो छ ।

त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ । ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ ।

सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ । छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा ।

भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ । छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ ।

आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ ।

सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ । कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ ।

–एजेन्सीको सहयोगमा

 

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…