कनकाईका मेयर : प्रहरीलाई बढी आवश्यकता भएको भन्दै आफू चढ्न किनेको गाडी प्रहरीलाई दिए

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्।

मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्।

नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको जिउधनको सुरक्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रहरीलाई दिएको बताए। मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टाइएको ५० लाख रुपैयाँ रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।

‘सुरुङ्गा प्रहरीलाई नगरपालिकाले यसअघि भाडामा लिएको गाडी प्रदान गरेको थियो,’ नगर प्रमुख पोखरेलले भने, ‘प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर प्रहरीलाई सर्वसाधारणको सुरक्षाका लागि प्रदान गर्दा नगरपालिकाको व्ययभार अधिक भएकाले आफूले चढ्ने गाडी प्रदान गरिएको हो।’

इलाका प्रहरी कार्यालय सुरुङ्गासँग सर्वसाधारण नागरिकलाई सुरक्षा दिन प्रयोग हुने गाडी पुरानो भएका कारण प्रहरीलाई दिइएको उनले सेतोपाटीलाई बताए।

प्रहरी र सुरक्षामैत्री नगरपालिका भएका कारण नगरवासीको जिउधनको सुरक्षाका लागि प्रहरीलाई काम गर्न सजिलो भएको प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताए ।

कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन।

नगरप्रमुख पोखरेलले घरबाट कार्यालयसम्म जानका लागि साइकल र मोटरसाइकल प्रयोग गर्ने बताएका छन्। सर्वसाधारणको काम लागि कार्यालय बाहिर जानुपरे आफ्नो निजी गाडी प्रयोग गर्ने बताए। उनले भने, ‘नगरपालिकामा अर्को पनि गाडी छ, विशेष काम परे त्यो गाडी पनि प्रयोग गर्न सकिन्छ।’

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको उक्त बलेरो कन्काई नगरपालिकाले खरिद गरेको हो। स्थानीय तहले भन्सार कार्यालयबाट आवश्यकताअनुसार किन्न चाहेमा यस्ता गाडीहरु सस्तो मूल्यमा खरिद गर्न पाउने कानुनी प्रावधान छ।

नगरप्रमुख पोखरेलका अनुसार ७ लाख रुपैयाँमा उक्त गाडी नगरपालिकाले खरिद गरेको हो।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…