एफडीआईमा अमेरिकालाई चीनले उछिन्यो ,ट्रम्पको शासनका कारण अमेरिकी अर्थतन्त्र निकै खराब

काठमाडौं। संयुक्त राष्ट्र संघको ताजा आकडाअनुसाार एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) मा चीन संसारको शीर्ष मुलुक बनेको छ।

आकडाले त्यस्तो लगानी हुने देशमा चीनले अमेरिकालाई उछिनेर शीर्षमा पुगेको देखाएको हो। संयुक्त राष्ट्र संघले उक्त आँकडा जारी गरेको हो।

यसअघि अमेरिका एफडीआईको सन्दर्भमा शीर्ष देश थियो। तर, गत वर्ष अमेरिकामा विदेशी कम्पनीहरुको एफडीआई लगभग आधा घट्यो। यही कारण पनि चीनमा एफडीआई अधिक बन्न पुग्यो र त्यस्तो लगानी हुनेमा नम्बर एक देश बन्न सफल भयो।

आकडाले चिनियाँ कम्पनीहरुमा एफडीआई चार प्रतिशत बढेको देखाएको छ। यसले पछिल्लो समय विश्व आर्थिक मन्चमा चीनको प्रभाव लगातार बढिरहेको स्पष्ट हुन्छ।

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी) ले आफ्नो रिपोर्टमा पछिल्लो वर्ष एक सय ६३ अर्ब डलर एफडीआई चीनमा भएको उल्लेख गरेको छ। अमेरिकामा यस्तो लगानी एक सय ३४ अर्ब डलर रहेको छ।

२०१९ मा अमेरिकामा एफडीआई दुई सय ५१ अर्ब डलर थियो, त्यसबेला चीन निकै पछि परेको थियो। चीनमा एक सय ४० अर्ब डलरमात्र एफडीआई भएको थियो।

अहिले चीनमा एफडीआईको दबदबा रहेको देखिए पनि दोस्रो नम्बरमा भने अमेरिका नै रहेको छ। लामो समयदेखि अमेरिकाले वैदेशिक लगानीलाई लोभ्याइरहेको छ।

तर, चीनले विश्व अर्थतन्त्रमा आफ्नो बलियो प्रभाव राख्नका लागि सततः प्रयास गर्दै आएको छ। विस्तारै उसको प्रयासले साकार रुप लिने र अमेरिकालाई पछाडि छाड्ने अवस्था देखिएको छ।

चीन र अमेरिकाबीच जारी व्यापारयु द्ध कसैबाट लुकेको छैन। बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्चका अनुसार यो अवस्थामा के अनुमान गर्न सकिन्छ भने २०२८ सम्ममा चीन चामत्कारिक छलाङसहित विश्वको सबैभन्दा ठूलो अर्थ व्यवस्था बन्न सक्नेछ।

ट्रम्पको शासन र मन्दी

२०१६ मा अमेरिकामा एफडीआई चरमबिन्दुमा थियो। त्यस्तो लगानी चार सय ७२ अर्ब डलरनजिक पुगेको थियो। चीनमा भने त्यो समय केबल एक सय ३४ अर्ब डलरमात्र थियो।

त्यसपछि भने वैदेशिक लगानी चीनमा वृद्धि हुँदै गयो। अमेरिकामा ट्रम्पको शासनसँगै २०१७ देखि एफडीआईमा गिरावट आउन थाल्यो।

ट्रम्प प्रशासनले अमेरिका छाडेर चीन पसेका कम्पनीहरुले आफ्नो देशमा आउन आह्वान गरिरह्यो। अमेरिका छाडेर चीनमा लगानी गर्न जाने व्यवसायीलाई अनेक चेतावनी पनि दियो। तर, त्यसले काम गरेन।

कुरो त्यतिमा सीमित रहेन, कोरोनाकालमा अमेरिकाको अर्थतन्त्र निकै खराब बन्न पुग्यो भने चीनले यो संकटमा पनि प्रगति जारी राख्यो। चीनको आर्थिक विकास २०२० मा पनि २.३ प्रतिशतसम्म बढेको छ।

संयुक्त राष्ट्र संघको रिपोर्टले २०२० मा विश्वको एफडीआईमा गम्भीर संकट आउने र ४२ प्रतिशतसम्म गिरावट हुने बताएको छ। बेलायतमा पनि ठूलो गिरावट आएको छ।

२०१९ मा बेलायतमा एफडीआई ४५ बिलियन डलर थियो, यो वर्ष त्यस्तो लगानी माइनसमा पुगेको छ। (बीबीसी)

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…