सांसदहरु रात्रीकालिन बारमा गएपछि प्रधानमन्त्री सुगाले माफी मागे

टोकियो ।जापानका प्रधानमन्त्री योशीहिदे सुगाले बुधवार लगातार दोस्रो दिन एकपछि अर्को घटनामा माफी मागेका छन् ।प्रधानमन्त्री सुगाले सत्तारुढ गठबन्धनका सांसदहरूले आपतकालिन अवस्था घोषणा समयमा युवतीहरु रहने बारहरूमा रातको समयमा भ्रमण गरेपछि मााफी मागेका हुन् ।

कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न जनतालाई अनावश्यक बाहिरी यात्रा नगर्न अनुरोध गरिरहेको समयमा सत्ताधारी दलका सांसद रातको समयमा बारहरु पुगेको घटना सार्वजनिक भएपछि आलोचना भइरहँदा प्रधानमन्त्रीले त्यसमा नैतिक जिम्मेवारी लिंदै माफी मागेका हुन् ।

यसअघि मंगलबार मात्रै प्रधानमन्त्री सुगाले पर्याप्त स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन नसक्दा केही व्यक्तिले घरमै समयमै उपचार नपाएर ज्यान गुमाएको घटनामा बिपक्षिदलका नेताहरुले प्रश्न उठाएपछि माफी मागेका थिए ।

सुगा नेतृत्वको सरकारप्रती जनताको समर्थन घट्दो क्रममा रहेको सर्वेक्षण आइरहँदा सत्ताधारी दलका सांसदहरुको पछिल्लो कदमले सुगा सरकारलाई थप टाउको दुखाएको छ ।

‘मलाई दुःख लागेको छ कि यो घटना घटेको हो जब हामी रात ८ बजे पछि बाहिर नखानू र अनावश्यक जटिलताबाट बच्न आग्रह गरिरहेका थियौं’ सुगाले डाइटमा भने ‘प्रत्येक सांसदले जनताको भावनालाई सम्झेर व्यवहार गर्नुपर्छ ।’

कोरोना संक्रमण लगातार बृद्धिपछि जापानले यो महिना टोकियो र अन्य ११ प्रिफेक्चरमा आपतकाल घोषणा गरेको छ । यस अन्तर्गत रेस्टुराँ र बारहरुको लागी रात ८ बजे बन्द गर्न अनुरोध गरिएको छ । जबकि हाल पालना नगरेमा कुनै दण्डको व्यवस्था भने छैन ।

सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सांसद जुन मात्सुमोतोले पत्रकारहरुलाई भने ‘जब हामी मान्छेहरुलाई धैर्य गर्न आग्रह गरिरहेका थियौं तब मेरो व्यवहार बेवास्ता गरेको जस्तो भयो ।’

शुकान शिन्चो पत्रिकाको रिपोर्ट अनुसार मात्सुमोतोले बिहान ११ बजे सम्म दुई वटा युवतिहरु रहने बारहरू भ्रमण गरेका थिए । जुन घटना राजधानी टोकियोको व्यस्त गिन्ता जिल्लामा जनवरी १८ तारिखमा भएको थियो ।

सत्ताधारी गठबन्धन कोमेईतो दलका सांसद तथा कार्यवाहक महासचिव कियोहिको तोयामाले पनि उक्त घटनामा आफु सहभागी भएको समाचार सार्वजनिक भएपछि माफी मागि सकेका छन् ।

जमघट र भेला नगर्न आफैंले गरेको अनुरोध बिपरित बर्षको अन्त्य समयमा डिसेम्बरमा प्रधानमन्त्री सुगा पनि एक सामुहिक भेलामा सहभागी भएकोमा आलोचना खेप्दै आएका छन् ।

भर्खरै प्रकाशित

साउनदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था : अब ट्रायलमा आफ्नै सवारी,…

सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी…

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…