एक हुल युट्युबरले वैदेशिक रोजगार विभागका महानिर्देशकलाई घेरे, कुर्सीबाट थुतेर फाल्ने चेतावनी

काठमाडौं । बिहीबार दिउँसो साढे ३ बजे वैदेशिक रोजगार विभागको कार्यकक्षमा एउटा हुल प्रवेश गर्यो । महानिर्देशक कुमार दाहालको कार्यकक्षमा क्यामेरा बोकेका करिब डेढ दर्जन युट्युबर प्रवेश गरेका थिए ।

आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापाको नेतृत्वमा सो हुल विभागमा प्रवेश गरेको थियो । थापा बाहेक अरुले चाहिँ आफूलाई पत्रकार भन्ने परिचय दिइरहेका थिए ।

सुरुमा थापाले आफूलाई वैदेशिक रोजगारीमा गएकाहरु गुनासो गर्दै आफूकहाँ आएको भन्दै विभाग के हेरेर बसेको छ भनेर प्रश्न गरे । उनले पीडित को हो त्यसबारे विभागलाई स–प्रमाण जानकारी दिए, आफू कसैलाई पनि कारबाही गर्नबाट पछि नपर्ने बताए ।

तर, क्यामेरा बोकेकाहरुले विभागमा आएर केही काम नगरेको भन्दै महानिर्देशक दाहाललाई कुर्सीबाट थुतेर फाल्ने चेतावनी दिए ।

युटुवरहरुले आफूसँग वैदेशिक रोजगारीमा ठगिएका पीडित र एक–एक प्रमाण आफूहरुसँग रहेको बताएका थिए । तर हुलमै सहभागी एक जनाले आफू वैदेशिक रोजगारीबाट ठगिएको पीडित बताए पनि आफूसँग म्यानपावर व्यवसायीलाई पैसा दिएको कुनै प्रमाण नभएको उनले बताएका थिए ।

युट्युबरको हुल प्रवेश गर्नुभन्दा केही समयअघि मात्रै रातोपाटीसँगको अन्तवार्ता सकेका दाहाल आफैं भने वैदेशिक रोजगारीको क्षेत्र व्यवसाय नभएर तस्करी जस्तो भएको गुनासो गरिरहेका थिए । विभागले कारबाही गरेको एसओएस म्यानपावरलाई श्रममन्त्री गौरीशंकर चौधरीको ठाडो आदेशमा कारबाही फुकुवा गरेका छन् ।

 

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…