चोरको दिमाग देखेर सबै चकित : गहना पसलको छेउको सटरमा जुस पसल, राती सबै सुन ‘ स्वाहा !’

काठमाडौं। चोरहरुले चोरीको लागि अनेक जुक्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चोरी गरेर भा’गेका दुई चोरहरु पक्राउ परेका छन् । यी चोरहरुले चोरीको लागि यति गजबको आइडिया लगाएका थिए कि उनीहरुको चोरीकोकहानी  कुनै फिल्मी कहानीभन्दा कम छैन ।

चोरी भारतको नवी मुम्बइको ठाणेमा भएको हो । इण्डिया टुडेका अनुसार ठाणेमा रहेको एक गहना पसलको छेउको खाली सटर चोरहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले ।

जुस पसल चलाइरहेका उनीस्हरुले रातको समयमा चुपचाप दुई पसलको बीचको भित्तामा ड्रिल मेसिनले प्वा’ल पारेर सुरुङ बनाए । त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भा’गे ।

जुन व्यक्तिले यसरी चो’री गरे ती व्यक्ति झा’रखण्डका भएको बताइएको छ । नवी मुम्बइ पुलिसका एसीपी विनायक वस्तले इण्डिया टुडेलाई बताएअनुसार चोरहरुले पहिले वर्तक नगरको पोखरण रोडस्थित वरिमाता ज्वेलरी शपमा केही दिनदेखि निगरानी गरिरहेका थिए । जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लिए ।

त्यसपछि उनीहरुले भित्तामा सुरुङ बनाउन आवश्यक सबै सामान जम्मा गरे । त्यसपछि उनीहरुले गहना पसल खुल्ने र बन्द हुने समय तथा हप्ताको कुन बार पसल बन्द रहन्छ भन्ने पनि निगरानी गरेका थिए ।

जुन व्यक्तिले सटर भाडामा लिएका थिए उनको नाम राहुल अब्दुल मजिद शेख हो । उनले भाडामा लिएको सटरको अगाडि अब्दुल फ्रुट्स नामको साइनबोर्ड पनि लगाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मि’लेर भित्ता फुटाएर पसलमा भएका सबै गहना चोरेका थिए ।

चोरी गरिएको सामानको मूल्य १ करोड ३७ लाख भारु भएको बताइएको छ । पुलिसले राहुल र उनका एक साथी साहेब अकबर शेखलाई प’क्राउ गरेको छ । उनीहरुको साथबाट केही गहना पनि बरामद भएको छ । पुलिसले फरार चोरहरुको खोजी गरिरहेको छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…