ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामा हलिउडमा डेब्यू

काठमाडौँ । ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने ‘वुमन स्टोरिज’मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो ।

विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने डेडलाइनमा समाचार उल्लेख छ । फिल्मको छायांकन इटाली, भारत र अमेरिकामा गरिने बताइएको छ ।

ज्याकलिन र अन्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने बताइएको छ । लीनाले यसअघि ‘पार्च्ड’, ‘तीन पत्ती’, ‘शब्द’लगायतको फिल्म निर्देशन गरेकी छन् । ‘क्यामेरा र क्यामेराभित्रको महिलाहरुको कथा उनीहरु दृष्टिकोणबाट आउन भनेर हामीले महिला निर्देशक रोज्यौं,’ निर्माता मध्येका एक कम्पनी ‘वी डु टुगेदर’ले भने ।

अन्जलीले फिल्मबारे छापिएको समाचारको लिंक इन्स्टाग्राममा सेयर गर्दै खुशी व्यक्त गरेकी छन् । भारतमा मोडलिङ गर्दै आएकी उनी ‘भोग’, ग्राजिया अवार्डबाट सम्मानित भइसकेकी छन् ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…