क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे ५१ लाख रुपैयाँ

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन अभियान घोषणा गरेको दुई हप्तामै ५१ लाख ५० हजार ४९० रुपैयाँ सकंलन भएको सामाजिक अभियन्ता केवलप्रसाद (केपी) ओलीले जानकारी दिनुभयो ।

मुटुको माथिल्लो भागमा क्यान्सर भएपछि २५ वर्षीय खनालको जापानमै उपचार भईरहेको छ। पिडित खनालको आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै जीवन रक्षाका लागि उनका परिवारले सहयोगका लागि अपील गरेका थिए ।

खनालको उपचारका लागि सहयोग संकलन अभियान घोषणा गरेको छोटो समयमै  अप्रत्यासित रुपमा रकम  जम्मा भएपछि सहयोग अभियान स्थगित गरिएको ओलीले जानकारी दिनुभयो । तर, केही संघ संस्था र ग्रुपबाट सहयोग आउने जानकारी आएको भन्दै ओलीले रकम बढ्न सक्ने बताउनुभयो ।

वलीले केशव खनालको उपचारका लागि सहयोग गर्ने एनआरएनए क्युस्यु, सिमला केसी र ओसाकाका सरोज जिसीलगायत सबै सहयोगलाई धन्यवाद दिनुभयो ।

यति चाँडै सहयोग उठाउन सक्ने अपेक्षा नलिइए पनि सोचेभन्दा ठूलो सफलता मिलेकोमा खुसी व्यक्त गर्दै ओलीले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ  ।

कैलालीका खनाल १५ अक्टोबर २०१९ मा जापानको कोची केनको International collage of design and business मा विद्यार्थी भिसामा पुगेका थिए ।

जापानकै कोची रेडक्रस अस्पतालमा उपचाररत खनालको उपचारका लागि वार्षिक २० लाखदेखि ३० लाख जति लाग्ने चिकित्सकहरुले बताइएका थिए ।

सहयोग गर्न इच्छुक महानुभावहरुलाई बिरामी केशव खनालको JP Bank को खाता नम्बर (16470 – 15608421) मा पठाउन भनिएको थियो । अभियन्ता ओलीले सहयोग गर्नुको साथै आफ्नो सामाजिक संजालमार्फत अपिल गर्दै आइरहेका थिए ।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…