भीड देखाउने होडबाजी : ओलीकाे सभामा आउनेलाई खान-बस्ने सुविधा र विशेष भत्ता

सप्तरी। नेकपा दुई समूहमा विभाजित भएपछि आफ्नो पक्षमा भीड देखाउने होडबाजी चलेको छ। सप्तरीमा नेकपा ओली समूहको कार्यक्रममा दुई सय रुपैयाँ भत्ता र खाजा खुवाउने आश्वासन दिएर सर्वसाधारणलाई जम्मा पारिएको खुलासा भएको छ।

राजविराजस्थित राजरंगशालामा मंगलबार आयोजित ओली समूहको आमसभामा सहभागी हुन आउनेलाई पैसाको लोभ देखाइएको हो। सभालाई ओली समूहका नेता एवं बिना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गरेका थिए।

सभामा सहभागी हुन आएकी मुक्तादेवी सदाले ओली समूहका स्थानीय नेता दुर्गा ठाकुरले आफूहरुलाई पैसा र खाजा खुवाउने भन्दै ट्याक्टरमा राखेर कार्यक्रमस्थलमा ल्याएको बताइन्।

सप्तरी गोइठीका परमेश्वर सदाले पैसा लिएर आफूहरु कार्यक्रममा आएको स्वीकार गरे। उनले आफ्नो टोलबाट मुसहर समूदायका करिब ७० जना सभामा उपस्थित भएको उल्लेख गरे। संसद बिघटनपछि नेकपाको दुवै समूहले आफ्नो पक्षमा जनमत रहेको देखाउन शक्ति प्रदर्शन गरिरहेका छन्।

राजधानीसहित देशका विभिन्न स्थानमा दुवै समूहका भेला, प्रदर्शन र सभा भइरहेका छन्। ९ माघमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २३ माघमा नेकपा केपी शर्मा ओली समूहले राजधानीमा जनसभा गर्दैछ। त्यसको तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ।

जनसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली समूहले दिएको हो।

नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते शक्ति पदर्शन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा शक्ति प्रदर्शन के हो भन्ने आफूहरुले माघ २३ गते देखाइदिने बताएका थिए।

यो समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरे। त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताए। जनसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।

यस्तै,आयोजित पत्रकार सम्मेलनमा नेता ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन्। ‘हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ। त्यसकारण आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएका छौ,’ पोखरेलले भने।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…