फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप

१४ माघ, जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् ।

बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए ।

तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले लगाएका छन् ।

प्रदेशका आन्तरिक मामिलामन्त्री यादवले पहिलो खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन शुरु, सबैभन्दा बढी डोज रुपन्देहीलाई

लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान शुरु भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान शुरु गरेका हुन् ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको छ । भारत सरकारले दिएको उक्त खोप प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।

यस्तै बाँकेका लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६० र अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए ।

नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मीमा ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोनाविरुद्धको खोप पठाइने पौडेलले बताए ।

पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मी, ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

यो खोप स्वेच्छिक भएकाले फ्रन्टलाइनरका लागि पनि अनिवार्य नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…