‘हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज’ प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा हुनसक्ने दावी

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन् ।

तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाहरुमाथि अहिले (संवैधानिक इजलास) मा सुनुवाई जारी छ । बहस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भनेर दाबी गरिरहेका छन् ।

यता, प्रधानमन्त्री ओली भने आफू पक्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना नहुने भन्दै चुनावको तयारीमा जुट्न आग्रह गरिराखेका छन् ।

उनले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने दाबी गरिरहँदा नेकपाको दाहाल–नेपाल पक्षले भने सडकबाटै संसद पूनःस्थापना गरिछाड्ने उद्घोषसहित चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसअघि यो पक्षले दुई चरणका आन्दोलन गरिसकेको छ । ओली पक्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उतार्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री ओली हिजो विहान एक्कासी ‘पशुपतिनाथ मन्दिर’ को दर्शनमा गए । उनको पशुपति मन्दिरको दर्शन र संकल्प पूजाले देशको राजनीति नै तरंगित बनेको छ ।

कतिपयले ओलीले एकाएक आफूलाई हिन्दूराष्ट्र पक्षधरको लाईनको नेतृत्वको कित्तामा उभ्याएको भनेर चित्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य एजेण्डा नै–हिन्दूराष्ट्र पूनःस्थापना भनेर दाबी गरेका छन् । त्यस्तै, ओलीको चुनावी अर्को एजेण्डा भनेको संघीयता खारेजी हो ।

संघीयताप्रति नेपाली जनता बेखुश देखिएका छन् । बारम्बार संघीयता खारेजीको माग उठिरहेको अवस्थामा ओलीले पनि अबको चुनावी एजेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ

भर्खरै प्रकाशित

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…

प्रधानमन्त्री ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा…

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए छाड्ने कुरै हुदैन :…

चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको…