यस कारण फेरी बन्द हुनेभयो ‘द कपिल शर्मा शो’

चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ ले यही फेब्रुअरी मध्यबाट केही समयका लागि ‘ब्रेक’ लिन लागेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् २०१८ डिसेम्बरदेखि कार्यक्रम सञ्चालन भइरहेको यो शाेका प्रस्तोता कमेडियन कपिल शर्मा हुन् भने उनीसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंह, अर्चना पुरन सिंहलगायत कमेडियनको प्रस्तुति छ।

‘रिपोर्टहरू अनुसार कार्यक्रम बन्द गरेर के गर्ने भन्ने योजना छैन। द कपिल शर्मा शो विभिन्न कारण दर्शकमाझ निकै रूचाइएको कार्यक्रम हो। कार्यक्रममा उपस्थित दर्शक र उनीहरूको कथा मुख्य कारण थियो,’ एक श्रोतले टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘तर महामारी कारण लाइभ दर्शकको कमी छ। फिल्महरू सार्वजनिक हुन पाएका छैनन्।

बलिउड कलाकारहरू कार्यक्रममा आउन पनि डराइरहेका छन्। यस्तोमा निर्माण टोलीले कार्यक्रम सञ्चालनबाट ब्रेक लिँदा उचित ठाने कि भन्ने छ।’

अहिले कपिलकी श्रीमती गिन्नी दोस्रो बच्चासँगै गर्भवती छिन्।

‘कपिललाई यस कारण पनि ब्रेक चाहिएको हुन सक्छ। यता काम भएन भने घर र परिवारलाई समय दिन भ्याउँछन्। द कपिल शर्मा सो तीन महिनापछि, अवस्था सामान्य भएसँगै पुनः सञ्चालन हुनसक्ने सम्भावना छ।’

यद्यपि कपिलले ‘द कपिल शर्मा शो’को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन्।

कपिलले हालै आफूले डिजिटल प्लेटफर्म नेटफ्लिक्ससँग सहकार्य गर्न लागेको खुलाएका थिए। इन्स्टाग्राममा भिडिओ सेयर गर्दै उनले लेखेका थिए, ‘यहाँ निकै खुसीको कुरा छ। हल्लाहरूको पछि नलाग्नुस्! म छिट्टै नेटफ्लिक्समा आउँदैछु।’

भर्खरै प्रकाशित

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…