नेपालीले केटु हिमाल चढेर विश्वकिर्तिमानी बनाए, भिडियो सेयर गर्दै राहुल गान्धीले दिए बधाई

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथापछिको दोस्रो अग्लो हिमाल ‘माउण्ट केटु’ आरोहण गरेका १० नेपालीले अहिले चौतर्फी प्रशंसा पाइरहेका छन्।

पाकिस्तानस्थित ८ हजार ६ सय १० मिटर अग्लो ‘केटु हिमाल’ हिँउदे सिजनमा पहिलो पटक नेपाली टोलीले सफलतापूर्वक आरोहण गरेको हो।

नेपालीले विश्वकीर्तिमान बनाएसँगै उनीहरुको चौतर्फी प्रशंसा भइरहेको छ।

केटु हिमालमा चुचुरोमा पुग्दा नेपाली आरोहीले नेपाली राष्ट्रिय गान गाएको भिडियोमा देख्न सकिन्छ।

नेपालको राष्ट्रिय गीत बजेको सोही भिडियो पोस्ट गर्दै भारतीय काँग्रेसका नेता राहुल गान्धीले नेपाली आरोहीलाई बधाई दिएका छन्।

नेपाली आरोहीहरूले ३ माघमा केटु शिखर आरोहण सम्पन्न गरेका थिए। यो शिखरमा हिउँद याममा यो वर्ष पहिलोपटक आरोहण सम्पन्न भएको हो।

केटु हिमालको उचाइ आठ हजार ६ सय ११ मिटर छ। आठ हजार मिटरभन्दा माथिका अन्य हिमालमा आरोहण भए पनि केटुको आरोहण हिउँद याममा भएको थिएन।

माउन्ट केटुको उचाइ आठ हजार ६ सय ११ मिटरमध्ये हिमालको ६ हजार मिटर उचाइसम्म चट्टानी हिमाल छ भने त्यसपछि बाक्लो हिउँ छ। यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा अवस्थित छ।

जानकारहरूका अनुसार सगरमाथा भन्दा सो हिमाल आरोहणका लागि धेरै कठिन मानिन्छ।

केटु हिमाल आरोहण गर्न सफल नेपाली आरोहीलाई यसअघि पाकिस्तानी राष्ट्रपतिले सम्मान गरिसकेका छन्।

राष्ट्रपतिले हिउँदे याममा केटुजस्तो कठिन पर्वतारोहण सम्पन्न गरेकोमा नेपाली शेर्पाको साहस र बहादुरीको प्रशंसा गरेका थिए।

केटु हिमालको सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएपछि पाकिस्तानमा नेपाली टोलीको भव्य स्वागत गरिएको थियो।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…