प्रचण्ड-माधब पक्षका सिङ्ग फुक्लिसके, कसैले टेर्नेवाला छैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री, गल्ति सच्चाएर नेकपामा फर्किन अपिल घोराही, माघ १२ । प्रधानमन्त्री केपि शर्मा ओलिले सरकारले दाङ औद्याेगिक क्षेत्र घोषणा गरिसकेको बताएका छन ।

नेकपा दाङले सोमबार लुम्बिनि प्रदेशको राजधानी देउखुरीमा गरेको आमसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले दाङको घोराहीलाई औद्याेगिक क्षेत्र बनाउने गरि हिजोको मन्त्रीपरिषद बैठकले निर्णय गरिसकेको बताएका हुन ।

`हिजोको मन्त्रीपरिषद बैठकले दाङको घोराहीलाई औद्याेगिक क्षेत्र बनाउने निर्णय गरिसकेको छ, अब दाङ औद्याेगिक क्षेत्रकोरुपमा चिनिने छ, अब मन्त्रीपरिषदले गरेको निर्णय अनुसार काम हुन्छ-प्रधानमन्त्री ओलिले भने ।

उनले कोरोना नियन्त्रणका लागि सरकार लागीपरेको भन्दै पर्सिदेखि कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यर्मि, सुरक्षाकर्मि, बिमानस्थलमा काम गर्ने, शबबाहनवालासहित सबैलाई खोप लगाइने बताए। प्रधानमन्त्री ओलिले ४ लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभाबकारी बनाइने बताए ।

उनले लुम्बिनि प्रदेशको राजधानी दाङको भालुबाङलाई आधुनिक र ब्यबस्थित शहरको रुपमा बिकास गर्नुका साथै ब्यबस्थित रङ्गशाला पनि बन्ने उल्लेख गरे । उनले नौ मुरे जलबिद्युत, माडि डाइभर्सन, दाङको बिमानस्थलको दुर्त गतिमा अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलिले केहि पार्टीका नेताहरु बैठकमा नआएर चौतारोमा बसेर अध्यक्षमा चयन गरेको भन्दै हिजो निर्बाचन आयोगले उनिहरुको सपना पनि खत्तम पारेको बताए । `हिजो निर्बाचन आयोगले खत्तम पार्यो, चौतारिमा बसेर अध्यक्षमा भएकाहरुलाई खत्तम भए, रेष्टुरामा बसेर केपि ओलिलाई निकाले रे, बिमारी परेको सुनेर गदगद हुन्छ, निको भएर फर्कियो भनेर थचक्क हुन्छ-प्रधानमन्त्री ओलिले भने ।

प्रचण्ड-माधब पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलिले सिङ् फुक्लिसकेकाले कसैले केहि गर्न नसक्ने ठाेकुवा गरे । उनिहरुको सिङ फुकलि सके, यिनले केहि गर्नेवाला छैन, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैन्न-प्रधानमन्त्री ओलिले भने- हेर्नुहोस त मुद्धाका लस्कर, झगडिया काम बाहेक अरु केहि भएन् ।

अदालतलाई धम्क्याउन नपाइने भन्दै निर्बाचन आयोगको निर्णयले पार्टी नटुक्रिएको शन्देश दिएको बताए । उनले फरक प्रसङ्गमा अदालतमा सिनियर जेष्ठ अधिबक्तालाई किन दुख दिएको भनेर दिएको अभिब्यक्तिलाइ अदालतको मानहानीकोरुपमा भनेको टिप्पणि गरे । उनले कार्यकर्तालाइ चुनाबको तयारी थाल्न्न आग्रह गरे ।

चुनाबमा सानदार जित हासिल हुने भन्दै कोहि कसैले चुनाब हुन्न भनेर गरिएका हल्लाका पछि नलाग्न पनि उनले उल्लेख गरे । चुनाब भनेकै मितिमा हुने र शान्तीपुर्ण, स्वतन्त्र, निष्पक्ष तरिकाले धाधलि रहित चुनाबको तयारीमा लाग्न सुरक्षा प्रशासनलाई निर्देशन दिए । उनले नेकपालाइ प्रहरिको बैशाखी टेक्नु नपर्ने भन्दै कार्यकर्ता, जनताको बलमा चुनाब जित्ने दाबी गरे ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…