कतारी प्रहरीमा नेपाली भर्ती हुन भारतीय बाटो, रोजगार विभाग भन्छ, ‘कतारले नेपाललाई हेप्यो’

काठमाडौं । नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रुपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँग मिलेमत्तोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरुलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रुपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो ।

वैदेशिक रोजगार विभागकमा महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए । युवालाई भारतीय बाटो हुँदैं कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरारसर गलत काम भयो । कतारले नेपाललाई हेप्यो, उनले भने, ‘कतारबाटै श्रम सम्झौता उल्लघंन भयो । यसले हामीलाई निकै दुखित बनाएको छ ।’

विभागले अवैध रुपमा कतारी प्रहरी सेवामा जानेहरुको रेकर्ड राख्न थालेको जनाएको छ । भारतीय बाटो हुँदै कतार पठाउने कार्यमा अवैध अन्तर्वार्ता लिने म्यापावर कम्पनी वा अरु नै एजेन्ट संलग्न रहेको बारे यकिन भइनसकेको दाहालले बताए ।

कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा कल्याण सेक्युरिटीमा छापा

वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मागरेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो ।

विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि अब व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको खुलेको हो ।

यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुादै कतार पुर्‍याउने काम भइरहेको खुलेको छ । विभागले एक महिनाअघि पनि कतार प्रहरीकै लागि अन्तरवार्ता लिइरहेका तीन वटा म्यानपावरमा छापा मारेको थियो ।

त्यसपछि भएको अनुसन्धानमा कतार सरकार नै अवैध रुपमा नेपाली श्रमिकलाई कतारको प्रहरीमा लैजान लागेको खुलेको थियो । तर, सरकारले त्यसविरुद्ध कडा कदम नचाल्दा यस्तो अवैध धन्दा थप मौलाएको पाइएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…