प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ ।

जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा बनेको पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

राप्ती नदीमा एक वर्ष पहिले निर्माण पूरा भएको उक्त पुलको सोमबार प्रधानमन्त्री ओलीले उदघाटतन गरेरसँगै पुलले औपचारिकता पाएको छ ।

पुलको शिलान्यास तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब रुपैयाको लागतमा पुल विभाग सेक्टर नेपालगञ्जले निर्माण गरेको हो ।

पुलको लम्बाई ८६० मिटर छ भने चौडाइ साढे १० मिटर रहेको पुलको एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निमार्ण पुरा गरेको छ ।

निर्माण समय भन्दा चार महिना पहिले नै पुलको निर्माण पुरा गरेको कम्पनीले बताएको छ । सोही कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियामा पर्ने गेरुवाको पुल हो ।

पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश अघि बढिसकेको र अब त्यो गतिलाई कसैले पनि रोक्न नसक्ने बताएका छन ।

उद्घाटन पछि संक्षिप्त मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले देशलाई प्रक्रिया र प्रणालीमा लैजान खोज्दा समस्या भएको भन्दै देशको गति नरोकिने बताए ।

उनले सुशासन र विकासको प्रत्याभूति दिलाउने गरी सरकारले विकास निर्माणका कामहरु गरिरहेको बताए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…