निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड नेतृत्वको नेकपामा रहने

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो ।

आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ । रिपोर्टर्स नेपालले २१ पौषमा यसबारे खुलासा गरेको थियो । सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने शिर्षकमा समाचारमार्फत् यस्तो खुलासा गरेको थियो ।

निर्वाचन आयोगमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता छ । यसैलाई आधिकारिक मान्ने निर्णय गरेर आयोगले फुटलाई मान्यता नदिने तयारी गरेको हो । वामदेव गौतमसँग केही समय अघि टेलिफोन सम्पर्कबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तै संकेत गरेको खुलेको थियो ।

अहिले ओली र प्रचण्ड–माधव नेपाल खेमाले वैधानिक नेकपा आफूहरुको भन्दै सुर्य चिन्ह पनि आफूहरुकै हुनुपर्ने दाबी गर्दै आएको छ । निर्वाचन आयोगमा दाबेदारीको निवेदन दर्ता देखि विभिन्न समयमा प्रश्नको जवाफ समेत सुरक्षित रहेको छ ।

प्रचण्ड–माधव पक्षधरले नेकपाको पुरानै कमिटीलाई आधिकारिक मान्नुपर्ने दाबी गरेको छ । तर, ओली समूहले केन्द्रीय कमिटी विस्तार गरिएको पत्र निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड समूहले ओलीमाथि कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । यी सबैलाई आयोगले मान्यता नदिने बुझिएको छ ।

ओलीले पार्टीको अध्यक्षबाट प्रचण्डलाई हटाएका छैनन् । उनको कार्यकारी अधिकार मात्र खारेज गरेका छन् । सचिवालयबाट कसैलाई हटाएका छैनन् । उनले यसअघिको कमिटीलाई यथावत् राखेर केन्द्रीय कमिटी विस्तार मात्र गरेको जानकारी आयोगलाई दिएका छन् ।

प्रचण्डले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई बनाएका छन् । यस अर्थमा ओली पुरानो कमिटीलाई यथावत् राखेर विस्तार मात्र गरिएको निर्णयसहित अडिएका छन् । नेपाल अध्यक्ष रहेको निर्णयलाई पनि निर्वाचन आयोगले मान्यता नदिने भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पार्टीको वैधानिकताको छिनोफानो गर्नुपर्ने हुन्छ । राजनीतिक दलसम्बन्धी ऐनले कुनैपनि दल एकीकरण भएको पाँच वर्षसम्म फुट्न नसक्ने स्पष्ट उल्लेख गरेको छ ।

यस अर्थमा नेकपा फुट्न सक्दैन । फ्ट्नका लागि अध्यादेश ल्याएर ऐन संशोधन गर्नुपर्ने हुन्छ । ४० प्रतिशत केन्द्रीय कमिटी सदस्य अलग हुन चाहँदा पनि नेकपा फुट्न मिल्दैन ।

किनभने नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा एकीकरण भएको पाँच वर्ष पूरा भएको छैन । नेकपालाई कानुनले पनि फुट्न नदिने तर्क एकता पक्षधरले पनि गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…