भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत युवाहरु भाबाङलाई लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यहरु मध्य एक गन्तव्य बनाउन लागिपरेका  छन् ।

सिद्धपुजे मन्दिरमा हरेकवर्ष मंगसिर महिनाको पुर्णिमा भब्य पुजा हुने गर्दछ । यस मन्दिरमा रोल्पा जिल्लाका श्रदालुहरु भक्तजनहरु मात्र नभई दाङबाट समेत आउने गर्दछन। ‘मन्दिरको इतिहास हामीलाई ठ्याक्कै थाहा छैन’, संस्थाका अध्यक्ष ताराप्रसाद  खत्रि भनुहुन्छ , ‘स्थानीय बुढापाका अनुसार यस मन्दिरमा हालसम्म ८ जना भन्दा धेरै पुजारी फेरिइएका छन्।’ मन्दिरमा एक पटकका लागि छानिएका पुजारीले नै आफ्नो भूमिका जीवनभर निर्वाह गर्नपर्ने यहाँको प्रचलन रहिआएको छ।

मन्दिरमा पुजा सम्मपन्न भएपछि मात्रै  भाबाङ चौरमा लाग्ने मेलाले औपचारिकता पाउने गर्दछ। उक्त मेलामा आसपाका क्षेत्रबाट हजारौं पर्यटकहरु आउने गरेका छन् । तर, त्यहाँ भौतिक पूर्वाधारको काम राम्रो हुन नसक्दा अपेक्षाकृतरुपमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न नसकिएको स्थानीयहरु बताउँछन् ।

रोल्पा जिल्ला माडी गाउँपालिका भाबाङ स्थित सिद्धपुजे सिद्ध बराह मन्दिर। पृष्ठभूमिमा भावाङचौर र आसपासका गाउँ।

पछिल्लो समय यहाँका युवाहरु आँफै सक्रिय भएर पर्यटकीय क्षेत्र निर्माणको काममा जुटेका छन्।  ‘हामीले भाबाङलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजेका छौं,’ समाजका  खत्रिले भन्नुभयो, ‘यहाँको ऐतिहासिक पक्षको बारेमा हामीले थप अध्ययन गरिरहेका  छौं ।’

भाबाङ धार्मिक पर्यटकीय क्षेत्र मात्र नभएर युद्ध पर्यटनको क्षेत्र पनि हो । तत्कालिन माओवादीले भाबाङ चौरबाट नै जिल्ला जनसरकारको घोषणा गरेको थियो । यसलाई धार्मिकका साथ साथै युद्ध पर्यटनको रुपमा स्थापित गर्ने आधारहरु प्रशस्त रहेको त्यहाँका युवाहरु बताउँछन् । युद्धको समयमा नजिकै टिलाचौरमा सरकारी सेना र जनमुक्ति सेनाबीच ठूलो भिडन्त समेत भएको थियो ।

पहिलो चरणमा २६ लाख रुपैयाँ लागतमा विभिन्न काम शुरु गरिने छ । त्यहाँ ६ फिट अग्लो शिवजीको मुर्ती, पूराना मन्दिरहरुको पुर्ननिर्माण र शिवजीको नयाँ मन्दिर स्थापना गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । चौर देखि मन्दिर स्थलसम्म सिंढी पनि बनाउन लागिएको छ ।

रोल्पा जिल्ला माडी गाउँपालिका भाबाङ स्थित सिद्धपुजे सिद्ध बराह मन्दिर

स्थानीय सरकारले पर्यटकीय केन्द्र बनाउनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय भीमलाल डाँगीले मन्दिर बनाउन आवश्यक पर्ने सम्पूर्ण काठ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरी अध्यक्ष ताराप्रसाद खत्रिले ६ फिटको शिवजीको मुर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । नेपाल प्रहरीमा कार्यरत कुम्भकर्ण डाँगी र नेपाली सेनामा कार्यरत वमकली खत्रिले आफ्नो एक महिनाको सम्पूर्ण तलब उपलब्ध गराउने घोषणा गर्नुभएको छ । सिद्धपुजे परोपकारी समाजले अन्य दाताहरुलाई समेत सक्दो सहयोग गर्न अपिल गरेको छ ।

समाजले १० हजारभन्दा माथि सहयोग गर्ने दाताहरुलाई शिला लेखमा नाम लेख्ने घोषणा गरेकोछ । तयसैगरी ५ हजारभन्दा माथि सहयोग गर्नेहरुको नाम डिजिटल बोर्ड स्थापना गरेर मन्दिर सचिवालयमा राख्ने र ५ हजार भन्दा कम आर्थिक सहयोग गर्नेहरुको नाम अभिलेखमा राखिने अध्यक्ष खत्रिले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…