न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व चर्कियो

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जेको हो ।

रविले ‘सिधा कुरा’ केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।

‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने, ‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’

न्यूज २४ मा ‘सिधा कुरा’ साताको तीन दिन (आइत, मंगल र बिहीबार) राति ८ : ४५ बजे प्रसारण हुन्थ्यो । नयाँ प्रस्तोताको खोजी गरिरहेको टेलिभिजन आज आइतबारसहितका केही श्रृंखला उपलब्धबाटै सञ्चालन गर्ने तयारीमा छ ।

तर, लामिछानेसँग दाँजिने र उनका शुभेच्छुकले चर्को आलोचना गर्न सक्ने भएकाले उपलब्ध प्रस्तोता चर्को दबाबमा रहेको न्यूज २४ का एक डेस्क एडिटरले बताए ।

यता, लामिछानेले भने काम गरेको संस्थाप्रति सम्मान रहेको भन्दै यसबारे तत्काल थप प्रतिक्रिया दिन चाहेनन् ।

न्यूज २४ ले भने आफूसँग सामान्य छलफलसमेत नगरी एकलौटी र दुरासयपूर्ण रुपमा लामिछानेले ‘सिधा कुरा जनतासँग’को कानूनी अधिकार हत्याएको आरोप लगाएको छ ।

झुक्याएर त्यसो गर्ने हो भने सबै टेलिभिजनका सबै कार्यक्रम प्रस्तोताले कब्जा गर्ने र संस्थाबाट बाहिरिने प्रबृत्ति बढ्ने टेलिभिजन व्यवस्थापनको भनाइ छ ।

रविले केपी ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम सञ्चालन गरेका थिए ।

ओलीपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहालले कार्यक्रम रोकेपछि रविले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’लाई परिमार्जन गरेर न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चार वर्षसम्म चलाएका थिए ।

नयाँ टेलिभिजनको नेतृत्व गर्ने गरी रवि न्यूज २४ बाट बाहिरिएलगत्तै ‘सिधा कुरा’लाई लिएर उनी पूर्व संस्थासँग विवादमा तानिएका हुन् । तर, उनी आफू विवाद गर्ने पक्षमा नरहेको बताउँछन् ।

शनिवार स्टाफ मिटिङमा न्यूज २४ टेलिभिजनको सञ्चालक संस्था नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशीले कुनै पनि हालतमा ‘सिधा कुरा’ नछोड्ने भन्दै आवश्यक परे कानूनी लडाइँमा पनि जाने बताएका थिए ।

दुई वर्ष अगाडि नै ‘सिधा कुरा जनतासँग’को स्वामित्व कानूनीरुपमा आफ्नो बनाएका रवि संभावित न्यायिक लडाइँमा माथि पर्न सक्ने कानूनकर्मीको बुझाइ छ ।

‘कुनै पनि प्रस्तोताले आफूले सञ्चालन गर्ने कार्यक्रमको कानूनी अधिकार सम्बद्ध संस्थासँग सहमति लिएर गर्यो या नगरी भन्ने कुरा ‘नैतिक’ प्रश्नको विषय हो । उसले विधि, प्रक्रिया पुर्याएर लिएको छ भने उ स्वतः माथि हुन्छ नै’ अधिवक्ता रामहरि नेपालको भनाइ छ । मुद्दा–मामिलामा नैतिकभन्दा कानूनी कुराले स्वतः मान्यता पाउने उनले बताए ।

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…