गणतन्त्रमाथि पारसकी छोरी कृतिकाको व्यंग्य

काठमाडौं । देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु बहुदल र अहिलेका पार्टीहरुको व्यवहारप्रति निराश भएका छन् ।

यस्तै निराश झल्किने मन्तव्य पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” भनी ट्वीटरमा स्ट्याटस राखेकी छिन् ।

हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी र पैसा कमाउनमा मग्न रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ ।

केपी ओलीले दरबारिया शक्तिको एजेण्डा बोकेर हिडेको योगेश भट्टराईको आरोप

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी दरबारिया शक्तिले बोकेको एजेण्डा नै अंगालेर हिडिरहेको आरोप लगाउनु भएको छ ।

माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल पुस्तक लोकार्पण कार्यक्रममा उहाँले दरबारियाहरुको र ओलीको भाषा र बोलीमा फरक नभएको जिकिर पनि गर्नुभयो ।

नेता भट्टराईले ओलीको संसद बिघटनको कदमले संविधान खतरामा परेको समेत बताउनुभयो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका अर्का नेता देबेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा र्पुयाएको बताउनुभयो ।

नेता पौडेलले नयाँ पुस्ताले पनि पुरानै पुस्ताको भक्तिगान गाएर नयाँ पुस्तामा नेतृत्व ल्याउन नसकिने धारणा पनि राख्नुभयो ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…