भारत र चीनबीच आज सीमा विवाद वार्ता हुँदै

भारत र चीनबीच आज सीमा विवादबारे आज वाता हुँदैछ।

२ महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो। यो वार्तामा दुवै देशका कप्स–कमाण्डरस्तरका अधिकारीहरू सामेल हुँदैछन्। विदेश मन्त्रालयका केही प्रतिनिधिहरू पनि यो बैठकमा सहभागी हुने बताइएको छ।

पूर्वी लद्दाखमा ९ महिनादेखि जारी तनाव समाधानतर्फ अहिलेसम्म कुनै निस्कर्ष निस्किएको छैन।

गत डिसेम्बर १८ का दिन भएको वार्तामा दुवै देशका अधिकारीहरूले वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्नेतर्फ काम थाल्ने बताएका थिए।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै दिएको एक अन्तवार्तामा चीनले सीमाबाट सैनिक नहटाएसम्म आफूहरूले पनि नहटाउने जिकिर गरेका थिए।

सन् २०२० जुन १५ मा लद्दाखको गलवान उपत्यकामा दुवै देशका सैनिकबीच रक्तपातपूर्ण भीडन्त भएको थियो। सो भीडन्तमा भारतका दर्जनौं सैनिक मारिएका थिए। चीनले भने आफ्नातर्फ क्षति भएका सैनिकको विवरण अहिलेसम्म खुलाएको छैन।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…