प्रचण्डका पूर्व बडिगार्ड दानबहादुर मल्ललाई डोटी प्रहरी प्रमुखको जिम्मा

काठमाडौं  । प्रहरी प्रधान कार्यलायले २ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ।जसअनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कर्यरत एसपी दानबहादुर मल्ललाई डोटी प्रहरी प्रमुखको जिम्मा दिइएको छ।मल्ल विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका पूर्व बडिगार्ड हुन्।

मल्ल प्रचण्ड परिवारसँग निकै नजिक मानिन्छन्।प्रहरी प्रधान कार्यालयले चितवनबाट सरूवा गरेको एक महिनासम्म पनि जिल्ला नछाडेपछि उनलाई प्रदेश प्रहरी कार्यालयले चेतावनी पत्र काटेको थियो। त्यसपछि उनी थप विवादमा तानिएका थिए।

त्यस्तै सिराहामा एसपी सुदीप राज भण्डारीको सरूवा भएको छ। डोटीमा कार्यरत जनकराज पाण्डे तथा सिराहाका उमाशंकर पञ्जियार एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको काज सरुवा गरिएको हो ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…