बालुवाटारमा पूर्व लडाकुको भेला, बादल गायब !

पूर्व माओवादी पक्षलाई आफुतर्फ तान्न प्रधानमन्त्रीले बालुवाटारमा पूर्व लडाकुको भेला बोलाएका छन् । शनिबार उनले पूर्व लडाकुलाई बोलाएर उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिई आफ्नो पक्षमा लाग्न अनुरोध गरेका हुन् ।

रमाइलो कुरा के भने भेलामा ओली पक्षमै लागेका पूर्व माओवादी नेता भने थिएनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल,’ उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा लामा लगायत पूर्व माओवादी नेता ओली पक्षमा लागेका थिए । तर, शनिबारको भेलामा उनीहरु उपस्थित थिएनन् ।

कार्यक्रममा सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल लगायत ओली निकट नेता हुँदा पूर्व माओवादी निकट कोही पनि नहुनुलाई अनौठो रुपमा लिइएको छ ।

शुक्रबारको आमसभामा प्रचण्डले पुर्व लडाकुको रेखदेख ओलीले गर्ने रे ! भनेर व्यंग्य गरेको भोलिपल्ट ओलीले पूर्व लडाकुको भेला ढाकेका हुन् ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…