पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग प्रधानमन्त्री ओलीको अन्तरक्रिया, के भने ?

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सनुाएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेशुबकमा लेखेका छन्,–” पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयाेजित भेटघाटका क्रममा सम्बाेधन गर्दै भन्नुभएकाे छ-“जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाकाे दुरूपयाेग ग-याे ।

याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहाेस, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन ।”

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…