साइबर सेना भनिने ‘साइबर स्याल’ मात्र प्रधानमन्त्री केपी ओलीसँग : घनश्याम भुषाल

माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य घनश्याम भुषालले साइबर सेना भनिने साइबर स्याल मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बताएका छन् ।

शुक्रबार (आज) संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले साइबर स्याल मात्रै ओलीसँग भएको बताएका हुन् । ओली साइबर स्यालहरूको नेता भएको उनले जिकिर गरेका छन् ।

ओलीले सबैभन्दा ठूलो संसद भए पनि त्यसलाई निजी सचिवालय बनाएको बताउन्दै अब ओली निरीह भइसकेको उनले दाबी गरे ।

त्यस्तै, ओलीले सात ठाउँमा दुई तिहाइ मारेको उनको दाबी छ । उनले भने, ‘कसैले चुनावको अपेक्षा गरेको भए पनि ओलीले गर्ने भनेको चुनाव हुनेवाला छैन ।’

उपराष्ट्रपति निवासमा पूर्व सहयात्री प्रचण्ड र बाबुरामकाे भेटवार्ता

लामाे समय एकै पार्टीकाे शीर्ष तहमा रहेर अलग्गिएका पूर्व माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा‍ बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष रहेका प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष रहेका भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हाे ।

डा भट्टराईले भेटबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ । गर्दैरहनेछु !’ उनले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासमा आफूहरु रहेकाे र त्यसै सिलसिलामा प्रचण्डलगायतका नेताहरूसँग भेटेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अन्य दलहरु आन्दोलन तथा माेर्चाबन्दीमा लागेका छन् । सत्तारुढ नेकपा नेकपाकै प्रचण्ड-माधव समूह आन्दाेलनमा लागेकाे छ । प्रधानमन्त्री ओली तानाशाह बनेकाे भन्दै उनलाई हटाउने विषयमा पूर्व सहयात्री बाबुराम-प्रचण्ड एकै ठाउँमा उभिएका हुन् ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…