कमला ह्यारिसले लगाइन् प्रबल गुरूङले डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्।

भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

जनवरी २०मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए।

उक्त सभामा ह्यारिसले मरून कलर (कलेजी रङ) को लङ कोट लगाएकी थिइन्।

विश्वचर्चित फेसन डिजाइनर गुरूङले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि थुप्रै अमेरिकी सेलिब्रेटीहरूले पहिरिइसकेका छन्। बाराक ओबामा राष्ट्रपति हुँदाकी पहिलो महिला मिसेल ओबामाले प्रबलले डिजाइन गरेको लुगा लगाएपछि प्रबलको चर्चा चुलिएको थियो।

कमला र प्रबलको सम्बन्ध लामो छ। यसअघि गत वर्षको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलामा पनि उनले प्रबलले डिजाइन गरेकी लुगा लगाएकी थिइन्।

सिंगापुरमा जन्मिएर नेपालमा हुर्किएका गुरूङले सन् २००९ मा न्युयोर्कमा फेसन डिजाइन थालेका थिए।

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…