नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार आजभोली विशेषगरी नेपाली ‘टिनेजर’ युवतीहरुले रुचाइएको अनुहार हो। धेरैलाई लाग्न सक्छ उनि नेपाली हुन् र कुन दिन युट्युबरहरु क्यामेरा बोकेर अन्तर्वार्ता लिउन लछारपछारगरेको भिडियो हेर्न पाइने छ । तर, उनि नेपाली नभई नेपाल भन्दा टाढाको देश म्यानमारका एक गायक तथा मोडल हुन्।

धेरै नेपालीको मनमा बसिसकेका यी युवाको नाम हो पेइङ्गतखोन। उनि म्यानमारको तनिनथारी राज्यमा जन्मिएका भए पनि खमौक्गी शहरमा हुर्किएका हुन । पप गीत गाउन रुचाउने उनले सन १९९६  मा म्यानमारको यङोन शहरको डिस्टेन्स एजुकेशन विश्व विद्यालयमा मनोविज्ञानशास्त्रको अध्ययन गरिरहेका  छन्।

उनको आकर्षक शरीर भएकै कारण विभिन्न विज्ञापनहरुमा खेल्ने अवसर पाएका छन्। पछिल्लो समय नेपालमा मात्रै नभई उनि आफ्नै देश म्यानमार र थाइल्याण्डमा समेत भाइरल भइरहेका छन् । पेइङ्गतखोनले मिड नाईट ट्राभलर चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन् ।

तखोनको चर्चा चुलिएसंगै उनलाई  म्यानमारका लागि पर्यटक राजदूत ‘टुरिस्ट एम्बेसडर’ र ओप्पो मोबाइल म्यानमारको ब्रान्ड एम्बेसडर बनाइएको छ।

नयाँ बर्षको सुरुवातसंगै उनले दश दिनका लागि भिक्षु बन्ने घोषणा गरेका थिए। कपाल चिल्लो परेर भिक्षुको भेषमा तस्विर राखेपछि ‘आकर्षक भिक्षु’ भन्दै उनको चर्चा नेपालसम्मै आइपुगेको थियो।

उनको तस्विरमा जनवारप्रति प्रेम झल्किन्छ। उनले संजालमा सुन्दर कुकुर र बिरालाका विभिन्न तस्विरहरु राखेका हुन्छन्।

भर्खरै प्रकाशित

मुस्ताङ जस्तै देखिन्छ मंगल ग्रह, हेर्नुस् पर्सिभिरेन्सले पठाएका तस्बिरहर

रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल…

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…

प्रधानमन्त्री ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा…