सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्।

गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि बुधबार ह्वाइटहाउस छोडेका हुन्।

यसअघि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्ना समर्थकलाई संसद भवनमा हिंसा भड्काउन उक्साएका थिए। उनका समर्थकहरूलाई पनि ट्रम्पले सत्ता छोड्दैनन् भन्ने लागेको थियो। तर बुधबार उनी ह्वाइटहाउसबाट सामान्य तरिकाले बाहिरिएपछि उनका केही समर्थक निराश भएका हुन्। अहिले उनीहरू ट्रम्पले आफ्नो राष्ट्रभक्तिको दायित्व पूरा नगरेको भन्दै उनलाई गिजाइरहेका छन्।

गत वर्षको चुनावपछि दक्षिणपन्थी समूह ‘प्राउड ब्वाइज’ले ट्रम्पका लागि जिलोज्यान दिन तयार भएको बताएको थियो।

टेलिग्राम एपमा पठाएको सन्देशमा समूहका सदस्यहरूले ट्रम्पलाई जोगाउन प्रदर्शनमा उत्रिन आह्वान गरेका थिए।

यो साता भने यो समूहको ट्रम्पको प्रतिको धारणा ठ्याक्कै उल्टो भयो। टेलिग्राममै ‘प्राउड ब्वाइज’का सदस्यहरूले गत सोमबार लेखे – ट्रम्प पूर्ण असफल भएर निस्कने छन्।

अहिले उनीहरू ट्रम्पलाई निकै कमजोर व्यक्ति भनिरहेका छन्। उनीहरूले सदस्यहरूलाई ट्रम्पमा र्‍यालीमा सहभागी नहुन पनि आग्रह गरेका छन्।

‘प्राउड ब्वाइज’का सदस्यहरू लामो समयदेखि ट्रम्पको समर्थन गर्थे। उनीहरू ट्रम्पका र्‍यालीमा मिलिसियाको जस्तै काम गर्थे।

जनवरी ६ मा संसदमा भएको हिंसामा पनि उनीहरू सहभागी भएका थिए। ट्रम्पले पछि उक्त हिंसाको आलोचना गरेकाले उनीहरू असन्तुष्ट बनेका हुन्।

उक्त घटनापछि उनीहरूले ट्रम्पलाई धोकेबाज ठानेका हुन्। संसद हिंसामा संलग्न भएको पक्राउ परेकाहरूलाई छुटाउन ट्रम्पले केही नगरेपछि उनीहरूको आक्रोश झन् चुलिएको हो।

ट्रम्पबाट आशा मरेपछि उनीहरू अहिले राष्ट्रपति जो बाइडेनको समर्थन गर्न थालेका छन्।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…