डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै चाले प्रसंसनिय कदम

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान न्युक्लियर सम्झौता लगाएत यस्ता थुप्रै क्षेत्रहरु छन् जसमा ट्रम्प नेतृत्वको सरकारले सम्बन्ध बिगारेको छ। तर, जो बाइडेन सत्तामा आए लगतै भने केहि सुभ संकेतहरु देखिन थालेका छन्।

बुधबार  जो बाइडेनले सपथ ग्रहण गरेकै दिन डोनाल्ड  ट्रम्पले बिगारेका केहि कामहरु सुधारने प्रयास गरेका छन्। सनककै भरमा निर्णय गर्ने ट्रम्पले गतवर्ष कोरोना भाइरसको विषयमा चीनको पक्षपोषण गरेको भन्दै विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेका थिए तर जो बाइडेनले सपथ ग्रहणकै दिन अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिर नहुने घोषणा गरेका छन्।

अमेरिकामा रहेका अपर्वासी नागरिक प्रति कडा रुपमा प्रस्तुत भएका ट्रम्पले देशबाटै अवैधानिक आपर्वासी हटाउने चुनावी एजेण्डा नै बनाए। आपर्वासीको आगमनलाई नियन्त्रण गर्न मिक्सिको संगको १६ सय किलोमिटर सिमामा तरवार गर्ने उनले कार्यकालको सुरुवाती समयमै घोषणा गरे तर त्यो उनको घोषणा पुरा नहुने भएको छ। बाइडेन मेक्सिको सिमामा भइरहेको तरबार पूर्ण रुपमा रोक्ने घोषणा गरिसकेका छन्।

बाइडेनको नेतृत्वमा अमेरिका पुनः पेरिस जलवायु समझौतामा आबद्ध हुने भएको छ। ट्रम्पले आफ्ना मतदातालाई खुसी राख्न जीवाश्म ईंन्धन उद्योग सुरक्षा गर्न भन्दै सन् २०१७ मा पेरिस जलवायु समझौताबाट पछि हट्ने निर्णय गरेका थिए । बाइडेनले सुर्सी सम्हालेको सुरुवाती चरणमै राम्रो सुरुवात गरेका छन्। बाइडेनले कोरोना भाइरसको जोखिम रहिरहेकाले अमेरिकामा थप सय दिन अनुवार्य मास्क लगाउनुपर्ने नियम बनाएका छन्।

विश्व नेताले दिए बधाई, इरानद्वारा खुसी व्यक्त 

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् । विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् ।

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिँदै भनेका छन्, “युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।” युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेकी छिन्, “नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ ।”

इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बर्ताएका छन् । उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “बाइडेन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत भनेका छन्, “अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ । इजरायल र अरब मुलुकहरुबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतिक्षारत छ ।”

नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको बताएका छन् । उनले नेटोका गठबन्धन मुलुकहरुले चीनको तिब्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए।
पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर “भाइचारा र शान्ति” लाई प्रबद्र्धन गर्न आग्रह गरेका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन् । रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रण सम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ । जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्– “अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।” उनले भने, “हामी सँगै, साथमा छौं । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ । पेरिस सम्झौतामा पुनः स्वागत छ ।”

डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन् । उनले भनेका छन्, “कोभिड विरुद्धको संघर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रबद्र्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।” क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, “संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।” जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताएका छन्।–

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…