वर्षभरीको पाप पखाल्न माइनस १४ डिग्रीको पानीमा डुबुल्की मारे रुसी राष्ट्रपति पुटिन

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए।

पुटिन आइस जमेको पानीमा डुबेको तस्वीर आधिकारिक ट्विटर ह्यान्डलबाट पोष्ट गरिएको छ। यसको भिडियो रूसमा टिभीमा पनि देखाइएको थियो। पुटिनले बरफो पानीमा तीन पटक डुबुल्कि मारेका छन्। पुलको वरिपरि हिउँ जमेको छ।

वास्तवमा पुटिनले एक ईसाई भक्तको रीति अनुसरण गरेका हुन्। रुसमा प्रचलित अर्थोडक्स क्रिस्चियानिटीमा जनवरी महिनामा मनाइने एपिफेनी नामक पर्वमा मानिसहरू चिसो पानीमा डुबुल्की लगाउँछन्। धर्मनिष्ठ व्यक्तिका रूपमा पुटिनले चिसो पानीमा स्नान गरेका हुन्।

एपिफेनीको अवसरमा परम्परागत रूपमा नजिकको नदी वा पोखरीमा जान्छन् र बरफ जमेको पानीमा डुबल्की लगाउँछन्। जसले गर्दा सबै किसिमका पापहरू धोइन्छ भन्ने मान्यता रहँदै आएको छ।

रूसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयदेखि दबंग नेताको रूपमा देखाइएको छ जसले रसियालाई पश्चिमी विश्वबाट बचाउँदै आएका छन्। तर अब रूसी मिडियामा उनको छवि मसीहाको रूपमा पनि कोरिएको छ। २०१८ मा देशको सबैभन्दा ठूलो सरकारी च्यानल रोजिया १ मा एक कार्यक्रम चलाइएको थियो।

त्यो कार्यक्रममा उत्तरमा लडोगा ताल नजिकैको टापुमा अवस्थित वल्लम नामको मठसँग सम्बन्धित थियो। उक्त पुटिनको मनपर्ने ठाउँ मानिन्छ। यस कार्यक्रममा पुटिनको नेतृत्वमा सोवियत संघलाई सैन्य आस्थाको युगमा ल्याइएको देखाइएको थियो।

रुसी एक्सनम्यान 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जुडो खेलका ब्ल्याक बेल्ट हुन्। उनको प्रस्तुतीले मार्सल आर्टस्का दुई गुणको स्पष्ट प्रतिनिधित्व गर्छ, धूर्त र आक्रामक। उनले सन् २०१४ मा सैनिक हस्तक्षेपको बलमा क्रिमियालाई रुसमा गाभे। सन् २०१५ देखि निरन्तर सिरियामा आक्रमण गरिरहेका छन्। पुटिन ६४ वर्षको भए। शितयुद्धपछि अमेरिका र उसको सहयोगी गठबन्धन नाटोका अगाडि वर्षौसम्म निरीह बनेको रुसलाई शक्तीशाली बनाउने उनको अभियान हो। सन् २००५ मा पुटिनले भनेका थिए,‘ २० औं शताब्दीको सबैभन्दा ठूलो भू-राजनीतिक दुर्घटना सोभियत यूनियनको पतन हो।’

‘५० वर्षअघि लेलिनग्राडको सडकले मलाई एउटा नियम सिकायो। यदी झगडा हुँदैछ भने तिमीले सधैं पहिलो पन्च हान्‍नुपर्छ।’, पुटिनले सन् २०१५ को अक्टूबरमा भनेका छन्।

नाटो गठबन्धनले शितयुद्धपछि रुसको सीमा मिचेको भन्दै पुटिनले पटक–पटक आपत्ति जनाए। उनी पूर्व सोभियत यूनियनका सदस्य तथा अहिले नाटोमा आबद्ध बाल्टिक राष्ट्र इस्टोनिया, लात्भिया र लिथुआनियाका आदिवासीहरुको रक्षार्थ आफूलाई प्रस्तुत गर्न रुचाउँछन्।

तत्कालीन लेलिनग्राड (अहिलेको सेन्ट पिटर्सवर्ग) पुटिनको जन्मस्थान हो। उनको घर निकै साधारण थियो। उनी टोलका स्थानीय केटाहरुसँग बच्चैदेखि झगडा गरिरहन्थे। बिस्तारै उनले जुडो सिके।

थ्रो फस्ट पन्च

क्रेमलिनको वेवसाइटका अनुसार स्कुलमा पढाई सक्नुअघि नै पुटिन सोभियत यूनियनको गुप्तचर विभागमा जागिर खान चाहन्थे।

‘५० वर्षअघि लेलिनग्राडको सडकले मलाई एउटा नियम सिकायो। यदी झगडा हुँदैछ भने तिमीले सधैं पहिलो पन्च हान्‍नुपर्छ।’, पुटिनले सन् २०१५ को अक्टूबरमा भनेका छन्। ‘रुसमा आतंकवादीहरुले आक्रमण गरेको दिन कुर्नुभन्दा सिरियामा उनीहरु विरुद्ध लड्नु नै राम्रो हो।’ पुटिनले भनेका छन्।

बाल्यकालमा स्ट्रिट फाइटर रहेका पुटिन अझै पनि बेला–बेला पुरानै जोशमा फर्कन्छन्। उनले एकपटक आफ्ना सैनिकको बचाउ गर्दै चेचेन्या विद्रोहीमाथि छाडा शब्द प्रयोग गरे। पुटिनले चेचेन्याका विभाजनकारीहरुलाई शौचालयमा समेत रुनुपर्ने अवस्थामा पुर्‍याउने चेतावनी दिए। मुस्लिमहरुको वर्चश्व रहेको चेचेन्यामा सन् १९९९-२००० मा चलेको युद्धमा हजारौले ज्यान गुमाएका थिए।

पुटिनका लागि जर्जिया अर्को टाउको दुखाई हो। सन् २००८ मा उनको सेनाले जर्जियाको अबखाजिया र दक्षिण ओसिटिया नियन्त्रणमा लिएको थियो। त्यसपछि जर्जियाका तत्कालिन राष्ट्रपति मिखाइल साकासभिलि र पुटिनबीच व्यक्तिगत टकराव सुरु भयो। नाटो गठबन्धनका विश्वासपात्र साकासभिलिले रसिया विरुद्ध नाकाबन्दी गर्न पश्चिमा विश्वलाई उचाले । नतिजा स्वरुप, पश्चिमा विश्वले रुसमाथि आर्थिक नाकाबन्दी लगायो।

रुसी राष्ट्रपति पुटिन आफ्नो ‘म्याचो’ छविमा रमाउन मन पराउँछन्। उनी सन् २००० को निर्वाचनअघि जेट प्लेनमा चेचेन्या पुगे, जतिबेला चेचेन्या विद्रोह चरम उत्कर्षमा थियो। सन् २०११ मा उनले ब्ल्याक सीमा भएको रसियन बाइकर्स फेस्टिभलमा सहभागिता जनाए। रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि यसको समर्थनमा पुटिन निकटको नाईट उल्भ्स् बाइकर्स ग्याङ सडकमा ओर्लियो । पुटिन र राष्ट्रवादको एकोहोरो नारा घन्कियो।

रुसका स्थानीय मिडिया पुटिनको दयालू स्वभावलाई कलात्मक ढंगले प्रस्तुत गर्छन्। उनी कहिले आफ्ना कुकुरहरु लिएर हिउँ खेल्न निस्कन्छन्, त कहिले दुर्लभ ‘अमूर’ बाघको संरक्षणमा सक्रिय हुन्छन्।

उनी कुनै समय सोभियत यूनियनको गुप्तचर संस्थाका अधिकारी थिए। केजिबीका पूर्व अधिकारी पुटिन सुरक्षा निकायसँग कसरी सम्बन्ध बनाउनुपर्छ भन्‍ने विषयमा राम्रो जानकार छन्। सन् २०१४ को सोची विन्टर ओलम्पिक विश्वले देखेको पुटिन यूगको सबैभन्दा समृद्ध पक्ष हो। यस ओलम्पिक आयोजना गर्न रुसले झन्डै ५१ बिलियन अमेरिकी डलर खर्च गर्‍यो। यो इतिहासकै सर्वाधिक खर्चिलो ओलम्पिक हो।

पुटिन आईस हक्कीका सौखिन हुन्। रसियाका टेलिभिजनहरु जुडोसँगै उनको आईस हक्की स्किल पनि देखाउँछन्।

लामो समय शासन गरेपनि पुटिनको लोकप्रियता अझै ८० प्रतिशतभन्दा माथि रहेको रसियन मिडिया रिर्पोटले देखाउँछ। पश्चिमा विश्वका नेताहरुले यस्तो लोकप्रियता कमाउने सपना मात्रै देख्न सक्छन्। पुटिनको ब्रान्डको ‘राष्ट्रवाद’ रुसी मिडियामा एकोहोरो छाउँछ। त्यसैले रुसी मिडियाले तयार पारेको यो रेटिङले पुरै वस्तुस्थिति देखाउँछ भन्‍ने होइन। तर साँचो के हो भने उनका विपक्षीहरु निकै कमजोर छन्।

सन् २०१२ मा पुटिन तेस्रो कार्यकालका लागि रुसको राष्ट्रपति चुनिए। क्रेमलिनमा उनी सन् २०१८ सम्म रहनेछन्। त्यसअघि डिमिट्री मेडभीडिभ राष्ट्रपति छदाँ पुटिन प्रधानमन्त्री थिए। तर शक्तीको साँचो पुटिनसँग नै थियो।

सन् २००० मा पुटिन पहिलो कार्यकालका लागि राष्ट्रपति चुनिएका हुन्। पुटिनले आफ्ना सुरुआती दुई कार्यकालमा तेल र ग्याँस बेचेर रुसको अर्थतन्त्र उकासेका थिए। धेरै रसियनहरुको जीवनशैलि फेरियो। स्थायित्व र राष्ट्रिय गौरवको नयाँ चेतना रुसमा विकास भयो। तर यसको मुल्य रुसले नमिठो चुकाउनु परेको पुटिन विरोधीहरुको आरोप छ। यसरी सुरुआती दुई कार्यकाल रुसमा समृद्धी छरेपछि उनले विकास हुदैँ गरेको प्रजातन्त्रलाई निमिट्यान्‍न पारेको विपक्षीहरु आरोप लगाउँछन्।
लिबरलहरुमाथि दमन

सन् २००४ मा पुटिन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा उठ्दा रसियामा सोभियत कालखण्डपछिकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भयो। पुटिनले चुनावमा जीत हासिल गरेपछि प्रदर्शनमा सहभागि भएका नेताहरुलाई जेल हालेर विपक्षीहरुको आवाज दबाए। पुटिनका आलोचक एलेक्सिआई नभाल्नाईले पुटिनको पार्टी युनाईटेड रसियाको विरोध गर्दै भनेका छन्,‘यो पार्टी ठग र चोरहरुको पार्टी हो।’

पुटिनले लिबरलहरुलाई दमन गरेका छन्। राज्यको प्रमुख पदमा आफ्ना एस–म्यानहरुलाई नियुक्त गरेका छन्। रुसका पूर्वराष्ट्रपति बोरिस यल्टसिनले मन पराएका बोरिस बेरिजोभिस्की र भ्लादिमिर गुसिनिस्काईजस्ता व्यापारीहरुलाई पुटिनले विदेशमा शरण लिन बाध्य गराएका छन्।

२००८ पछि खस्कदो अर्थतन्त्र

सन् २००८ मा सुरु भएको विश्वव्यापि आर्थिक संकटपछि पुटिनले कठिनाई सामना गरिरहेका छन्। तेलको भाउमा आएको गिरावट तथा पश्चिमा विश्वले लगाएको नाकाबन्दीका कारण रुस राम्रो अवस्थामा छैन्। रुसले धेरै विदेशी लगानीकर्ताहरु गुमाएको छ। २०१४ पछि डलरको तुलनामा रुबेलको भाउ निकै घटेको छ। सन् २०१३ पछि सुरु भएको युक्रेन द्धन्द्धको प्रत्यक्ष असर रुसी अर्थतन्त्रमा देखिएको छ।

पुटिनले क्रिमियामा रुसी पक्षधरहरुलाई समर्थन गरेपछि पूर्वी युक्रेनले पश्चिमालाई उचालेर फेरि रुसमाथि नाकाबन्दी थोपरेको थियो। त्यसयता, रुसी बैंक, हतियार कम्पनी र उर्जा क्षेत्रमा यसको प्रभाव परेको छ।

पुटिनले यसको जवाफ फर्काउने क्रममा पश्चिमा विश्वबाट खाद्यान्‍न तथा पानी आयात गर्न बन्द गरेका छन्। शितयुद्धपछि अहिलेको अवस्थालाई विश्वमा आएको सबैभन्दा ठूलो कुटनीतिक दरारका रुपमा लिइएको छ।

चर्च पुनर्स्थापनाका कारण

सन् २००६ मा लण्डनमा पुटिन विरोधी अभियन्ता अलेकर्‍यान्दर लिट्भीनीन्को मृत भेटिए। विष सेवनका कारण उनको मृत्यु भएको थियो।

यस हत्याकाण्डमा रुसी गुप्तचर विभागका पूर्व एजेन्ट आन्द्रेई लुगोभोईको संलग्‍नता रहेको बेलायती प्रहरीको आरोप छ। उनलाई हत्यारा ठहर गर्दै बेलायती प्रहरीले खोजिको सूचिमा राखेको १ वर्षपछि पुटिनले सांसद नियुक्त गरे। यस घटनापछि बेलायत र रुसबीच सम्बन्ध चिसिएको छ। विश्वकै धनाढ्यमध्येका एक मिखाइल खोदोर्कोभस्कीलाई रुसी जेलमा कोचेपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरु पुटिनसँग असन्तुष्ट छन्।

पुटिनले यि र यस्ता घटनालाई छायाँमा पार्न आफ्नो तेस्रो कार्यकालमा धर्म र रुसी राष्ट्रवादलाई प्रमुख एजेन्डा बनाएका छन्। अर्थोडक्स चर्चको समर्थनमा पुटिनले धार्मिक व्यक्तिहरुलाई प्रभावमा लिएका छन्। सोभियत शासनकालमा बन्द भएका थुप्रै चर्चहरु पुनर्स्थापना गरिएका छन्।

पुटिनको विरोधमा स्थापना भएको महिलाहरुको पंक रक समूह ‘पुसी रोट’ का गतिविधिलाई लिएर चर्चले आपत्ति जनाउँदै आएको छ। तेस्रो लिङगीको आवाज उठाउने टिनएजरहरुको समूहमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको चर्चले खुलेर समर्थन गरेको छ।

रुसमा एनजिओहरुले विदेशी सहयोग लिन पाउँदैनन्। त्यस्तो सहयोग लिने एनजिओहरु ‘विदेशी एजेन्ट’ का रुपमा दर्ता हुन्छन्। यो कदमले सोभियतकालीन रुसको झल्को दिन्छ।

धनाढ्य व्यक्ति

पुटिनकी श्रीमति लाउडमिलाले एकपटक उनलाई वोर्कोहोलिक भनेकी थिइन्। बिहेको झन्डै ३० वर्षपछि सन् २०१३ मा यो दम्पती अलग भयो। ‘भ्लादिमिर पुटिन कामका लागि मर्ने मान्छे हुन्। परिवारका लागि उनीसँग समय छैन्।’, श्रीमति पुटिनले डिभोर्सका बेला भनेकी थिइन्।
पुटिनको पारिवारिक जीवनका निकै कममात्रै घटना सार्वजनिक हुन्छन्। उनले आफ्ना दुई छोरी र आफ्नो सम्पतिलाई कहिल्यै सार्वजनिक गर्न चाहेनन्।

अन्तर्राष्ट्रिय संस्था रोयटर्सले उनकी कान्छी छोरी केटरिना मस्को स्टेट युनिभर्सिटीको प्रशासनमा माथिल्लो तहकी जागिरे रहेको समाचार प्रकाशित गरेको छ। रोर्यटर्सका अनुसार उनी एरोबेटिक ‘रक एन रोल’ प्रतिस्पर्धामा डान्स नृत्य गर्छिन्।

केटरिनाले आफ्नो अर्को नाम टिक्होनोभाका रुपमा सार्वजनिक जीवन बिताउने गरेको रोयटर्सले जनाएको छ। उनी पुटिनका सहयोगी तथा धनाढ्य निकोलाई साभालोभका छोरा किरिल सामालोभसँगकी प्रेमिका रहेको रोयटर्सको दाबी छ।

पुटिनकी जेठी छोरी मारिया पनि रुसको प्रशासनिक तहमा माथिल्लो स्तरकी जागिरे रहेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार पुटिनसँग नजिकको सम्बन्ध भएका थुप्रै पूर्व गुप्तचर अधिकारीका छोराछोरीले अहिले रुसको प्रशासनिक निकायमा माथिल्लो तहमा जागिर पाएका छन्।

पुटिनका विरोधी नेता एलेक्सिआई नभाल्नाई यसलाई नव सामन्तवाद भन्‍न रुचाउँछन्।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…