चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न सक्ने रेलको डिजाइन सार्वजनिक

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने अधिकारीहरुले बताएका छन् ।

यो रेल उच्च–तापक्रमयुक्त सुपर कन्डक्टिङ (एचटिएस) शक्तिमा चल्नेछ, जस्तो कि चुम्बकीय ट्रयाकमा रेल तैरिरहेजस्तो देखिनेछ । २१ मिटर लामो प्रोटोटाइप १३ जनवरीमा सिचुआन प्रान्तको छेन्दु शहरमा सार्वजनिक गरिएको हो ।

यस प्रोटोटाइप तयार गर्ने काममा खटिएका दक्षिणपश्चिम जिआओतोङ विश्वविद्यालयका उपाध्यक्ष तथा प्रोफेसर हि चुआनले ३ देखि १० वर्षभित्रमा यो रेल सञ्चालनमा आउन सक्ने जानकारी दिए । ‘सिचुआनसँग दूर्लभ प्राकृतिक स्रोतहरु छन् । स्थायी चुम्बकीय ट्रयाकहरु निर्माणका लागि हामीलाई यो निकै फाइदाजनक हुनेछ ।’

विश्वको सबैभन्दा ठूलो हाई–स्पिड रेल नेटवर्क चीनमै छ, जो ३७ हजार किलोमिटरसम्म फैलिएको छ । त्यस्तै विश्वकै अति तिव्र व्यवसायिक रेल साङ्घाई माग्लेभ पनि चीनमै छ, यो चीनको पहिलो तिव्र गतिको माग्लेभ रेल हो । सन् २००३ बाट यसको शुभारम्भ भएको थियो ।

अधिकतम ४ सय ३१ किलोमिटर प्रतिघण्टाको उच्च स्पिडमा कुद्न सक्ने यो रेलले साङघाई पुदोङ विमानस्थल र पूर्वी साङघाईको लङयाङ सडकलाई जोड्छ । चीनले २०२२ को विन्टर ओलम्पिक अघि थप पूर्वाधार विकास गर्ने चटारो देखाइरहेको छ । विन्टर ओलम्पिक बेइजिङमा हुनेछ ।

भर्खरै प्रकाशित

एमालेको तेस्रो धारका नेताहरु आक्रोशित : १० बुँदे सहमति कार्यान्वयन…

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको…

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…