नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ।

धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आयो। गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले यो प्रणाली विकाश गर्न लागेका हौँ। सम्भवत अर्को एप हुन्छ होला,’ लामिछानेले सेतोपाटीसगँ भने।

नयाँ प्रणाली बनेपछि नागरिकतामा भएका कमजोरी घरमै बसेर सच्याउन सकिने उनले बताए।

‘सेवाग्राहीले नागरिकताको फोटो खिचेर त्यो प्रणालीमा दाखिल गरेपछि प्रमाणित हुन्छ। कसैको प्रमाणित हुन समस्या भए जिल्लाबाटै प्रमाणित गराउँछौं। नागरिकले दुःख पाउन पर्दैन,’ उनले भने।

नेपाल सरकारले गत माघ २ गते सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक थियो।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।

सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ।

सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ।

सरकारले आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो। ३ वर्षपछि यसले पूर्णता पाएको हो।

भर्खरै प्रकाशित

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…