करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो लिलामी प्रक्रिया शुरु गर्न ऋणीको तस्वीर सहित सूचना निकालेको छ ।

करिब २ दर्जन व्यक्तिहरुको धितो लिलामी गर्नका लागि बोलपत्र नै मंगलबार आहृवान गरिसकेको छ भने अन्यलाई ३५ दिने समयसीमा तोकेर बैंकले सूचना निकालेको छ । कर्जा लगानी गर्न मात्रै होइन, उठाउन पनि आक्रामक बैंकको रुपमा चिनिने एनआईसी एसियाले हरेक दिन जसो यस्ता सूचनाहरु निकाल्ने गरेको छ । यस अघि मंगलबारमात्रै पनि यस बैंकले १४ जनाको नाममा ३५ दिने सूचना निकालेको थियो ।

कोरोनाका कारण व्यापार व्यवसाय चौपट भएका बेला पनि एनआइशी एसिया बैंकले धितो लिलामी गरेको गुनासो बढीरहेका बेला पछिल्लो समय बैंकले धमाधम यस्ता सूचनाहरु निकालिरहेको छ । मंगलबार ऋणी साथै जमानीकर्ता समेत करिब २ दर्जन व्यक्तिहरुको तस्वीरसहिते विवरण सार्वजनिक गर्दै उनीहरुको धितो लिलामीका लागि बोलपत्र आहृवान समेत गरेको छ ।

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि बैंकले १५ दिने सूचना निकालेको हो । इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ । धितोमा रहेको चलअचल सम्पत्ति लिलाम बिक्री नभएमा वा त्यो धितोले पनि ऋण असुली नभएमा ऋणी तथा जमानीकर्ताको अन्य जायजेथाबाट समेत असुल उपर गर्ने बैंकले जनाएको छ ।

क-कसको धितो लिलामी हुँदैछ ?

एनआईसी एसिया बैंकले बर्दियाका प्रेमबहादुर गुरुङको नाममा रहेको बर्दियामामै रहेको ३०४२.३३ र १३७४.११ वर्ग मिटर क्षेत्रफल रहेको जग्गा लिलामी गर्दैछ । बैंकले चितवनका सुनचाँदी व्यवसायी विजय सुनारको नाममा रहेको चितवनमै रहेको जग्गा र झापाकी शिलाकुमारी पोदारको मे १ च ५५७६ नम्बरको गाडि समेत लिलामी गर्दैछ ।

यसैगरी रुपन्देहीका सुन्नर अहिरको रुपन्देही राजनगरको जग्गा, कैलालीका नवीनकुमार श्रेष्ठको चितवनमा रहेको जग्गा समेत लिलामी गर्दैछ । भोजपुरका राम बिक्रम राई र दोलखाका उमेश तामाङको समेत धितो लिलामी गर्न बैंकले सूचना निकालेको छ ।

माथि उल्लेखित धितोबाट असुल उपर नभए ऋणीमात्रै नभएर जमानीकर्ताहरुको नाममा रहेको जायजेथाबटा समेत बैंकले असुल उपर गर्ने बताएको छ । बर्दियाका गुरुङको जमानीकर्ता टिका गुरुङ रहेकी छिन् भने विजय सुनारको बुद्धिमाया बिक, इन्द्बहादुर बिक, उदिक्षा बिक र पूणिर्मा विश्वकर्मा जमानीकर्ता रहेका छन् ।

यसैगरी झापाकी शिलाकुमारीको धनिकलाल पोदार जमानीकर्ता रहेका छन् भने रुपन्देहीका सुन्नर अहिरको विन्द्रावती अहिर र धर्मेन्द्र यादव अहिर जमानीकर्ता रहेका छन् । एनआइशी एसिया बैंकका ऋणी नविनकुमार श्रेष्ठको लक्ष्मी श्रेष्ठ जोशी, राम बिक्रम राईको सुमित्रा राई, कालुमान राई, पवन राई र बिनिता राई जमानीकर्ता रहेका छन् ।

दोलखाका उमेश तामाङको रञ्जिता लामा र अभिमान सिं तामाङ जमानीकर्ता रहेका छन् । अन्य करिब ३ दर्जनलाई भने एनआईसी एसियाले ३५ दिने समयसीमा तोकेर ऋण चुक्ता गर्न भनेको छ ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…